कोरोना भाइरसको कारण भोलीदेखि रसुवा नाका बन्द



हाम्रो इकोनोमि

 

नेपाल र चीनबीचको ब्यापारिक नाका रसुवागढी भोलीदेखि बन्द हुने भएको छ । नेपाल र चिनियाँ पक्षबीच भएको सहमतिअनुसार १५ दिनलाई नाका बन्द हुने भएको हो । कोरोना भाइरसको संक्रमण रोक्न दुई देशले यस्तो निर्णय गरेका हुन् ।

मंगलबार बिहान बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीचको बैठकले बुधवारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो । दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गरेको छ ।

नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र लिएका रसुवाका नागरिक पनि नाका पारीसम्म मात्र जान पाउने रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...