प्रधानमन्त्री ओलीले सभामुखलाई भने एमसीसी चाँढै अनुमोदन गर्नुस



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गरेका छन् । तर अब सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका ओलीले भने, ‘अलिकति विलम्ब भइसक्यौं । सभामुख चयनमा पनि विलम्ब भयो । अब हुनु हुँदैन ।’

थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने भन्दै उनले अघि भने, धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ ।’

यस्ता अनेक विषयमा अर्को पटक सविस्तार सदनलाई सम्बोधन गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले आग्रह र अनावश्यक बहसमा अल्झिन नहुनेमा जोड दिए । उनले सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिए ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...