देउवाले पनि सभामुखलाई बधाई दिए



हाम्रो इकोनोमि

 

विपक्षी दलका नेता शेरबहादुर देउवाले मुस्किल मुस्किलले सभामुख चयन भएको भन्दै अग्निप्रसाद सापकोटालाई बधाई दिएका छन् । सापकोटा सभामुख भएपछि मंगलबार बसेको पहिलो बैठकमा सबै दलका नेताहरुले शुभकामना दिने कार्यतालिका थियो । सुरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै शुभकामना दिए ।

लगतै सम्बोधन गरेका देउवाले सुरुमै सापकोटालाई व्यंग्य गरे, ‘धेरै ठूलो रस्साकस्सीका बाबजुद मुस्किल मुस्किलले ढिलै भएपनि सभामुख चयन हुनु भएकोमा सभामुखजीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

सभामुख कुनै पार्टीको नभई सम्पूर्ण सदनको भएको भन्दै उनले प्रतिपक्षलाई विश्वास लिएर अगाडि बढ्न सुझाव दिए । सभामुख तटस्थ पद भएकाले कांग्रेसले उम्मेदवारी नदिएको भन्दै उनले सदन सञ्चालनमा सहयोग गर्ने बचन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...