३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण



हाम्रो इकोनोमि

 

थप दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।

अस्पताल स्रोतको अनुसार कोरोनाको आशंका गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका छन्। टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनबाट फर्किएका थिए।

कोरोनाको शंका लागेर अस्पताल पुगेकी महिला शनिबार माघ ११ गते टेकु अस्पताल पुगेकी थिइन् भने अर्का पुरुष माघ १० गते अस्पताल पुगेका थिए। अस्पताल स्रोतले भन्यो, ‘चीनबाट फर्किनेहरु परामर्शका लागि अस्पताल आइरहेका छन् । तीमध्ये २ जनालाई आशंका गरेर उपचार थालिएको हो ।’

ती महिला चिनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन् भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतले बताएको छ ।

गत शुक्रबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट हालै फर्केका एक नेपाली विद्यार्थीमा सङ्क्रमण देखिएको बताएको थियो। तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ।

उनको परिचय खुलाइएको छैन। चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जनाको ज्यान गइसकेको छ ।

स्वास्थ्य मन्त्रालयमा हालै बसेको आकस्मिक बैठकले प्रदेशस्तरमा रहेका उच्चस्तरीय अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

आजै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले नेपालमा कोरोनाभाइरसको अवस्था र तयारीका बारेमा ब्रिफिङ गराउने कार्यक्रम रहेको मन्त्रालयको बैठकले निर्णय गरेको छ  ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...