तन्ना बेच्ने दिदी–बैनी



हाम्रो इकोनोमि

 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लोभलाग्दो जागिर, राम्रो तलब–सुविधा, सामाजिक प्रतिष्ठा।

अरुले प्रशंसा गरे पनि प्रसना बस्नेत आफैंलाई भने आफ्नो यो जागिरले सन्तुष्टि मिलिरहेको थिएन।

अरुका लागि काम गर्ने कि अरुलाई काम दिने भन्ने सोच आउँथ्यो। तर, त्यसका लागि के गर्ने, उनी निश्चित थिइनन्। व्यवसाय गर्ने सोच भए पनि परिवारमा कोही पनि व्यापार–व्यवसाय नगरेका, आफ्नो अध्ययन पनि पब्लिक पोलिसीमा।

“आफ्नो द्विविधा बैनी प्रियंकालाई सुनाएँ,” प्रसना भन्छिन्, “बैनी एयरलाइन्स कम्पनीमा काम गर्थिन्। उनको पनि मेरो जस्तै सोच रहेछ।”
एकदिन दिदी–बैनी बजार गएका बेला तन्ना किन्दै थिए। तन्ना हेर्दाहेर्दै उनीहरुमा यसकै व्यापार गर्ने सोच पलायो।

प्रसनाले कामबाट समय निकालेर नेपाली बजारमा पाइने तन्नाबारे थप बुझ्न थालिन्। यहाँका बजारमा पाइने अधिकांश तन्ना चीनबाट आउने थाहा पाएपछि दिदी-बैनी चीनको क्वाङचौ पुगे।

सुरुमा अरु व्यापारी जस्तै चीनबाट थोकमा खरिद गर्ने र, त्यसमा मुनाफा जोडेर नेपाली बजारमा बेच्ने योजना थियो। “तर, कारखानामै पुगेर उत्पादनको प्रक्रिया हेरेपछि चाहिँ यस्तो तन्ना नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो,” प्रसना भन्छिन्।

“आफूले उद्यम गर्ने मात्र होइन, अरुलाई काम दिन पनि सकिने, देशको अर्थतन्त्रमा थोरै भए पनि योगदान दिन सकिने,” प्रसना भन्छिन, “फर्केपछि दिदी-बैनी मिलेर तन्ना बनाउने उद्योग स्थापना गर्ने योजना बनायौं।”

तर, उनीहरुलाई पूँजीको अभाव भयो। त्यसपछि आफ्ना धेरै रहरहरु थाँती राखेर दिदी–बैनीले जागिरबाट आउने तलब बचत गर्न थाले। यसबीच उनीहरुले तन्नाका डिजाइन र बुट्टाबारे पनि अध्ययन गरिरहेका थिए। तीन वर्षमा राम्रै रकम जम्मा भइसकेपछि उनीहरुले जागिरबाट राजीनामा गरे।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...