नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास



हाम्रो इकोनोमि

 

 

एमसिसिका बिषयमा नेपालभित्र चर्काे बहस भइरहेका बेला नेपाली र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्र अभ्यास हुने भएको छ । काठमाडौंमा आगमी फागुन ५ देखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने स्रोतले बताएको छ । नेपाल र अमेरिकी सेनाबीच यअसघि पनि संयुक्त सैन्य अभ्यास भइसकेका छन् ।

काठमाडौंका दुई स्थानमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाल आर्मीको छाउनी ब्यारेक र भक्तपुरको नगरकोटमा संयुक्त अभ्यास गर्ने नेपाली सेनाको एक उच्च अघिकृतले बताए । लामो समयको छलफलपछि दुई देशका सेनाबीच संयुक्त अभ्यास हुन लागेको हो । संयुक्त अभ्यासका लागि नेपाली सेनाले नेपाल सरकारको अनुमति लिइसकेको छ ।

संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुनेछन्। एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकाका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र सहरी विद्रोह नियन्त्रणमा अभ्यास हुने ति अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...