नेकपा – राजपा गठबन्धनलाई जनताले अनुमोदन गरे : प्रभु साह



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको गठबन्धनलाई जनताले अनुमोदन गरेको बताएका छन् ।

विहिबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाई संयुक्त उम्मेदवारी दिएको र गठबन्धनका सबै उम्मेदवार विजयी हुनु गठबन्धन अनुमोदित भएको र यसको निरन्तरता हुनुपर्ने स्पष्ट जनमत रहेको अध्यक्ष साहको भनाई छ ।

अध्यक्ष साहले भने ‘हाम्रो पार्टीसँग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेसी जनताको भावना विपरीत भएको भन्दै विरोध गरिरहेको थियो । तर गठबन्धनका चारै जना उम्मेदवारले गठबन्धनको भोट भन्दा दोबर मतले जीत निकाल्नु भनेको यो गठबन्धन सहि भएको र प्रदेश–२ को स्पष्ट जनादेश हो । यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो, भन्ने बुझन जरुरी छ ।’

नेकपा र राजपा मात्र नभई अन्य दलले पनि नेकपा राजपासंग मिल्ने निर्णयलाई समर्थन गरेको जीकिर गर्दै अध्यक्ष साहले थपे, ‘नेकपा र राजपा गठबन्धनको कुल मत जोड्दा ५ सय जति मतभारको फरक मात्र छ । र निर्वाचन नतिजा हेर्दा हाम्रो पार्टीको उम्मेदवारले करिब ५ सय मतभारकै फरकका साथ जित निकालेका छन् । जबकि राजपाका उम्मेदवारले झन्डै हजार मतभारको फरकले जित निकालेको हो । यसले के स्पष्ट पार्छ भने राजपाका उम्मेदवारलाई नेपाली कांग्रेस र समाजवादी पार्टीका मतदाताले पनि मत दिएका छन् । यसले गठबन्धनको औचित्यको थप पुष्टि गरेको छ ।’

अध्यक्ष साहले एक वक्तव्यमार्फत यस गठबन्धनबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा मतदातालाई धन्यवाद दिनुको साथै गठबन्धन निरन्तरताको कामना गरेका छन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...