देउवाको छाँया सरकारमा लफडा, गगन मन्त्रीबाट आउट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको निगरानी गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गठन गरेको छाया सरकार आफै छायामा परेको छ । देउवाको छाँया सरकारमा लफडा परेको छ । कुरा नमिलेपछि गगनलाई देउवाले छाँया सरकारबाट आउट गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गर्ने कामको निगरानी गर्ने, दवाव दिने उदेश्यले काँग्रेसले छाँया सरकारको गठन गरेको थियो । संघीय सरकारमा रहेका जति मन्त्रालय छन त्यसको समानान्तर रुपमा काँग्रेसले मन्त्रालय छुटयाउँदै मन्त्रीहरु चयन गरेको थियो ।

तर अहिले त्यो छाँया सरकार बेकामे भएको छ । काँग्रेसको छाया सरकार कहाँ छ अहिले खोजेर पनि नपाउँने भएको छ । काँग्रेस भित्रको आन्तरिक किचलोकै कारण छाया सरकार हराएको हो ।

कांग्रेसले अहिले पार्टीभित्रको आन्तरिक किचलोलाई मिलाउन सकेको छैन । पार्टीभित्र गुटबन्दीका साथै मनोमानी बढदै गएपछि कांग्रेसलाई बाहिर हेर्ने फुर्सद नै छैन । त्यसैले प्रतिपक्षी दल कांग्रेसभित्रै छाँया सरकारको विषयमा टिप्पणी हुने गरेको छ । छाँया छाँयाभन्दा पनि धमिलो पो देखिन थाल्यो भन्दै ।

आफ्नै पार्टीको आन्तरिक कलह मिलाउदैमा सकस परेको कांग्रेसलाई सरकारको कामलाई निगरानी गर्ने फुर्सद छैन । पार्टी सभापति शेरबहादुर देउवामाथि अहिले पार्टीको १४ औं महाधिवेशन, बिभाग गठन लगायतका काममा मनोमानी गरेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले बैठक नै बहिष्कार गरेका छन् ।

सभापति देउवाले पेलेरै जाने रणनीति अपनाएपछि बरिष्ठ नेता पौडेल र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलापक्षले जिल्ला सभापतिहरुको भेला बोलाई देउवापक्षलाई दबाब दियो । जसका कारण देउवा अहिले लचिलो बनेका छन् । केन्द्रीय समितिको बैठक बहिस्कार गरेपछि भातृसंगठनको निर्वाचनका साथै विधानको केही धारा नै निलम्वन गरेपछि पौडेल–सिटौला पक्षले तीव्र असन्तुष्टि जनाएका थिए ।

सोही कुरालाई लिएर कांग्रेसभित्र आन्तरिक किचलोले जरा गाडेको थियो । बहुमत जिल्ला सभापतिहरुको भेला बोलाएर पौडेल–सिटौला पक्षले शक्ति प्रदर्शन गरेपछि देउवा गलेका छन् । अहिले असन्तुष्ट पक्षलाई फकाउनको लागि दैनिकजसो भेला र बैठक बोलाउँदै आएका छन् । यद्यपी ठोस निष्कर्ष भने निस्किन सकेको छैन ।

यसरी आन्तरिक किचलोमै अल्झेको कांगैसले सत्तारुढ नेकपाका मन्त्रीहरुले हाँकिरहेको मन्त्रालयको विषयमा चियोचर्चा गर्न कहाँ फुर्सद पाउनु र ? हो यही कारण छाँया सरकार अहिले निकम्मा नै सावित भएको भन्दै कांग्रेसभित्र र बाहिर चर्चा चल्ने गरेको छ । कांग्रेसलाई पार्टी चलाऊँ कि छायाँ सरकार चलाऊँ ? भएको छ ।

सरकारको गतिविधि निगरानी गर्न गठन भएको छाया सरकारभित्रै अहिले भाडभैलो भएको छ । पार्टीका साथै छाया सरकारमा समेत किचलो भएकाले काँग्रेसको आलोचना समेत भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...