सांसद दीपक मनाङे पक्राउ



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ दीपक मनाङे पक्राउ परेका छन् । पोखराको लेकसाइडस्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

गोली हान्नु पर्ने मान्छे हो, मैले त झापट मात्र हाने – दीपक

मनाङे

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापट हाने । मुख्यमन्त्री सहभागी भएको कार्यक्रममै झापड हान्ने सांसद मनाङेलाई न प्रहरीले समात्यो न त मुख्यमन्त्री केही भने । उनी निर्वाध कुटपिट र धम्की दिन थालेका छन् । एन्फा कास्कीका अध्यक्ष गुरुङलाई कुटपिट गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि झापड हान्ने धम्की दिएका छन् ।

मनाङेले कानुन आफ्नो हातमा लिएर झापट हान्दा पनि उनलाई कुनै कारवाही भएको छैन । एन्फा अध्यक्षले गल्ती गरेको भए उनलाई कानुनअनुसार कारवाही गर्नुपर्ने हो । तर सांसदले झापट हानेर कारवाही गरेको छन् ।

पोखरामा मंगलबारदेखि सुरू भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मुख्यमन्त्री उद्घाटनमा आउन लागेपछि स्वागत गर्न सवै लाम लागेका थिए । त्यही बेला उनले कास्कीका अध्यक्षमाथी हातपाट गरेका हु्न् । उनले कास्कीका अध्यक्षलाई मात्र हैन केन्द्रीय अध्यक्ष कर्मालाई झापट हान्ने धम्की दिएका छन् । ‘मैले झापड हान्न कर्मालाई खोजेको थिएँ’ उनले भने, ‘हुन त कर्मा मेरो साथी हो, तर एक झापड नहानी छाड्दिनँ।’ मनाङेले सरकारले दिएको पैसा भ्रष्टाचार गरी खाएको आरोप लगाएका छन् ।

मनाङे उनको निर्वाचन तथा गृहजिल्ला हो । त्यहाँबाट आएका खेलाडीको बस्ने खाने ब्यवस्था नगरेको भन्दै मनाङे आक्रासित भएका थिए । खेलाडी कहाँ बस्ने, कहाँ खाने, कहाँ खेल्ने ? भनेर कुरा गर्दा मिलनले ‘ठूल्ठूलो’ कुरा गर्यो मनाङेले भने मैले त झापट मात्र हाने गोली मान्नु पर्ने मान्छे हो ।

‘म पोखरा नभएको भए कहाँ बस्थे होला। छोराछोरीजस्ता बिचराहरू ८ घण्टा हिँडेर आए,’ मनाङेले भने, ‘यिनीहरूले ४ गते गेम भनेपछि २ गते त हिँड्नुपर्‍यो, मलाई के थाहा यिनीहरूले मिति सारेर ७ गते पुर्‍याउँछ भन्ने।’एन्फा कास्कीले प्रतियोगिताको टाइसिट बनाउँदा एन्फा मनाङका अध्यक्षलाई वास्ता नगरेको र फोन गर्दा समेत नउठाएको बताए। मनाङेले प्रतियोगिता देखेर आफूलाई लाज लागेको प्रतिक्रिया दिएका छन् ।

प्रहरीलाई उजुरी दिन वा अन्य प्रक्रियाबाट जानुपर्ने किन हातपात गरेको भन्दा मनाङेले भने, ‘सांसद मन्त्री पनि पुलिसकहाँ जाने भए किन पुलिस चाहियो ?, पुलिस हामीले बनाएको होइन, पुलिसकहाँ जाँदा मेरो बेइज्जत हुँदैन ?’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...