आस्थालाई नपक्रिनुस् हामी लेउछौँ प्रहरी कार्यालय, उनका आमाबुवाले भने



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरेकी गायिका आस्था राउतलाई स्वदेश फर्किनासाथ पक्रिहाल्ने योजनाबाट प्रहरी पछि हटेको छ।

आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरीले राउतलाई फरार सूचीमा राखेको छ।

उनी अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा छन्। यसअघि प्रहरीले उनलाई नेपाल आउनसाथ पक्राउ गर्ने बताएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थाका अभिभावक (आमाबुवा) ले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताए।

भएको के थियो?

माघ १ गते बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको सुरक्षाकर्मीले जाँचका क्रममा उनलाई ज्याकेट फुकाल्न लगाएका थिए।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुन: चेकजाँच गर्छन्। यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्।

सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन्।

चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्। केहीबेरमा कपबाट कफी पोखिएको थियो र राउतको ज्याकेट भिजेको थियो।

यसक्रममा राउतले प्रहरी कर्मचारीलाई केहीबेर गाली गरेकी थिइन्।

काठमाडौंबाट भद्रपुर पुगेपछि गाडीमा चढेको बेला आस्थाले फेसबुकमा लाइभ गरेकी थिइन् र आफूमाथि विमानस्थलमा दुर्व्यवहार भएको भन्दै प्रहरीको चर्को आलोचना गरेकी थिइन्।

उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अर्को दिन प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो।

उक्त भिडिओ बाहिर आएपछि आस्थाले अर्को फेसबुक लाइभमा रूँदै माफी पनि मागेकी थिइन्।

विमानस्थलमा कार्यरत प्रहरी जवान रमिसा श्रेष्ठले गत आइतबार राउतविरूद्ध अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई पक्रन अनुमति दिएको हो।

नोकझोंकको विषयमा प्रतिशोध साँधेर आस्थामाथि वारेन्ट जारी गरेको भन्दै प्रहरी र प्रशासनको आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...