अग्नी सापकोटा सभामुखमा निर्विरोध निर्वाचित



हाम्रो इकोनोमि

 

 

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)को समर्थनपछि नेकपाका स्थायी समिति सदस्यसमेत रहेका अग्नी सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

संसदमा स्पष्ट बहुमत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखमा अघि सारेको थियो । उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन गर्दै अर्को उम्मेदवार नउठाएपछि उनी निर्विरोध निर्वाचित हुन पुगेका हुन् ।

उनले आज (मंलगबार) प्रतिनिधिसभाको सभामुख पदको लागि नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङको प्रस्ताव र पूर्वसभामुख ओनसरी घर्ती, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ तथा राजपा नेता लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेदवारी दिएका थिए ।

नेकपाले अगाडि सारेका सभामुखका उम्मेदवार सापकोटालाई कांग्रेसको मंलगबार बिहान बसको संसदीय दलको बैठकले समर्थन गर्ने निर्णय गरेको थियो ।

संसद सचिवालयले सभामुख चयन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयनको समय राखेको थियो । त्यस्तै, अपराह्न साढे २ बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका राखेको थियो ।

सापकोटाबाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि संसद सचिवालयले सभामुख पदमा एक जना सापकोटाको मात्रै उम्मेदवारी परेको बताएको छ । यससँगै आगामि १२ गतेको लागि तोकिएको निर्वाचन नहुने भएको छ । एकल उम्मेदवारी परेसँगै उनी स्वतः सभामुखमा निर्विरोध निर्वाचित हुन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...