पौडेल र प्रचण्डबीच भेटवार्ता, उपसभामुख कांग्रेसलाई दिने गोप्य तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभामुखका लागि सत्तापक्षिय नेताहरुसँग सम्वाद थालेका छन् । सत्तारुढ दल नेकपाले उपसभामुख पद प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई नदिने संकेत गरिरहेका बेला बरिष्ठ नेता पौडेलले भेटघाट थालेका छन् ।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका पौडेलले उपसभामुख पद कांग्रेसलाई दिन आग्रह गरे । पहिलो दलले सभामुख लिए दोस्रो दललाई उपसभामुख दिन आग्रह गरेको खुमलटार स्रोतले बताएको छ । संसदभित्र सहमतिय वातावरण बनाउन र सहमतिय राजनीतिको संस्कारलाई बचाउन पौडेलले दाहाललाई आग्रह गरेका छन् ।

कांग्रेसले उपसभामुख पाए पुष्पा भूसाल हुने लगभग निश्चित छ । भूसाल वरिष्ठ नेता पौडेल समुहकि नेतृ हुन् । तर दाहालले पौडेलको प्रस्तावलाई तत्कालै स्वीकार गरेका छैनन् । ‘पार्टीभित्र छलफल गरेर म तपाईलाई जवाफ दिन्छु’ पौडेललाई दाहालले भने ‘तपाईको प्रस्तावमा म सकारात्मक छु तर पार्टीले जे निर्णय लिन्छु त्यही हुन्छ ।’

दाहालसँगको भेटपछि नेपाली कांग्रेसले विश्वासको वातावरण बनाउन सभामुखमा उम्मेदवारी दिएको छैन । दाहालका विश्वास पात्र अग्नी सापकोटा भावी सभामुख बन्दैछन् । उपसभामुखका लागि कांग्रेसले सभामुखमा उम्मेदवार खडा गरेको छैन । दाहाललाई विस्वास दिलाउन कांग्रेसले उम्मेदवार खडा नगरेको कांग्रेस नेताहरु नै बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...