पौडेल र प्रचण्डबीच भेटवार्ता, उपसभामुख कांग्रेसलाई दिने गोप्य तयारी



 

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभामुखका लागि सत्तापक्षिय नेताहरुसँग सम्वाद थालेका छन् । सत्तारुढ दल नेकपाले उपसभामुख पद प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई नदिने संकेत गरिरहेका बेला बरिष्ठ नेता पौडेलले भेटघाट थालेका छन् ।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका पौडेलले उपसभामुख पद कांग्रेसलाई दिन आग्रह गरे । पहिलो दलले सभामुख लिए दोस्रो दललाई उपसभामुख दिन आग्रह गरेको खुमलटार स्रोतले बताएको छ । संसदभित्र सहमतिय वातावरण बनाउन र सहमतिय राजनीतिको संस्कारलाई बचाउन पौडेलले दाहाललाई आग्रह गरेका छन् ।

कांग्रेसले उपसभामुख पाए पुष्पा भूसाल हुने लगभग निश्चित छ । भूसाल वरिष्ठ नेता पौडेल समुहकि नेतृ हुन् । तर दाहालले पौडेलको प्रस्तावलाई तत्कालै स्वीकार गरेका छैनन् । ‘पार्टीभित्र छलफल गरेर म तपाईलाई जवाफ दिन्छु’ पौडेललाई दाहालले भने ‘तपाईको प्रस्तावमा म सकारात्मक छु तर पार्टीले जे निर्णय लिन्छु त्यही हुन्छ ।’

दाहालसँगको भेटपछि नेपाली कांग्रेसले विश्वासको वातावरण बनाउन सभामुखमा उम्मेदवारी दिएको छैन । दाहालका विश्वास पात्र अग्नी सापकोटा भावी सभामुख बन्दैछन् । उपसभामुखका लागि कांग्रेसले सभामुखमा उम्मेदवार खडा गरेको छैन । दाहाललाई विस्वास दिलाउन कांग्रेसले उम्मेदवार खडा नगरेको कांग्रेस नेताहरु नै बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री