गगनलाई सभापति बनाउन सौराहामा गोप्य भेला
नेपाली काँग्रैस काठमाडाैँ क्षेत्र नं ४ लाइ १४ औँ महाधिवेशन लाग्न थालेकाे छ । कमजाेर संगठन तथा नेताका फेराे समाउनेहरू धेरै भएकाे मानिने यस क्षेत्रबाट गगन थापा नियमितरूपमा निर्वाचित हुने गरेका छन् । अन्तरपार्टी अन्तर्द्वन्द्वकाे भूमरीमा रहेकाे काठमाडाैँ क्षेत्र नं ४ मा सांसद गगन थापा, सभापति राजु श्रेष्ठ तथा नेता प्रकाशमान सिंह त्रिपक्षीय गुट सक्रिय छ । १३ महिनापछि हुने भनिएकाे १४ औँ महाधिवेशनका लागि यी गुटहरू विस्तारै गुटगत अभ्यासमा सक्रिय हुन थालेका छन् ।
यसैबीच माघ ६ गते इकाइ सभापतिहरूसहित केही नेताहरू साैरहामा पुगेर सामाजिक सन्जालमा फाेटाे पाेस्ट गरेपछि क्षेत्र नं ४ काे राजनीतिमा तरङ्ग पैदा भएकाे छ । गगन थापासँग निकट भनिएका नेताहरूसँग इकाइ सभापतिहरूसहितकाे एकहुल एकाएक शीतलहरमा साैराहा पुग्नुलाइ धेरैले आश्चर्यजनक मानेका छन् ।
गगन थापाका निकट भनिएका श्याम संगत, विनाेद चालिसे, इन्द्र थापा, गणेश काेइरालासहित अधिकांश इकाइ सभापति साैराहा पुगेका छन् । यसरी साैरहा जानेहरूमा बुढानिलकण्ठ नगरपालिकाका २ र १२ तथा महानगरका वडा नं १ का सभापतिबाहेक अन्य सबै परेका छन् ।
यसरी गगन थापाका भनिने मान्छेहरूले छाेराे पाउनु कहिले कहिले काेक्राे बुन्ने अहिले भनेजस्ते गरेर गुटगत अभ्यास गरेकाे भन्दै अर्काे एकसमुह ६ गते साँझ काठमाडाैँमा भेला भएका छन् । भेला हुनेहरूमा गगन थापाकै मान्छे भनेर चिनिएर पनि साैराहा जान नपाएकाहरूकाे संख्या धेरै थियाे ।
उनीहरूले यसरी पार्टीलाइ महाधिवेशनकाे एकवर्ष पूर्व नै असहज गुटकाे खेलमा लैजान लागिएकाेमा चासाे व्यक्त गरे । उनीहरूले गुटगत खेल महाधिवेशनकाे एकदुइ महिना अघि गरेकाे भए राम्राे हुने भन्दै अहिलेदेखि नै यसरी गुटगुट खर्च गरेर बाहिर जाने वा लैजाने प्रकृयाले पार्टी संगठनलाइ कमजाेर बनाउने बताए ।


