अग्नि सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गरे



हाम्रो इकोनोमि

 

सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी  दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए ।

गत असोजदेखि रिक्त सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको थियो । नेकपाको निर्णयसँगै प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया थालेको हाे ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ । शिवमाया तामाङले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने १२ गतेपछि सुरु हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...