सभामुख सापकोटाको पुरानो मुद्दा, २२ माघमा पेशी, के थियो घटना ?



हाम्रो इकोनोमि

 

 

लामो समयको रस्साकस्सी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चट्टानी अडानले सत्तारुढ दल नेकपाले नयाँ सभामुखको उम्मेदवार चयन गरेको छ । पूर्वमाओवादीभित्र प्रचण्ड निकट नेता अग्नीप्रसाद सापकोटा नेपालको नयाँ सभामुख बन्ने निश्चित छ । तर नयाँ सभामुख चयन र सपथअघि नै उनी विवादमा तानिएका छन् ।

नयाँ सभामुख सापकोटाको विवाद भने नयाँ होइन । पुरानो युद्धकालिन अपराधको विवादमा उनी तानिएका छन् । सापकोटाबिरुद्ध सर्वाेच्च अदालतमा ब्यक्ति हत्याको मुद्दा बिचाराधिन छ । हत्याको मुद्दा बिचाराधिन भएका बेला सापकोटालाई संसदको नेतृत्व दिइएको छ ।

उनलाई सभामुख बनाउने नेकपाको निर्णय सार्वजनिक भएलगतै अधिकारकर्मीहरुले फेरी आवाज उठाएका छन् । ब्यक्ति हत्याका आरोपीलाई सभामुख बनाएको भन्दै उनले नेकपाको आलोचना शुरु गरेका छन् । सापकोटालाई नयाँ सभामुख बनाउने निर्णय लिदै गर्दा बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच यो प्रसंगले पनि चर्चा पाएको थियो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अदालतमा बिचाराधिन मुद्दा भएका ब्यक्तिलाई सभामुख बनाउँदा राम्रो संदेश नजाने तर्क गरेका थिए । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने उनी बाहेका अरुको नाममा सहमति नजनाएको बालुवाटार स्रोतले बताएको छ ।

के हो सापकोटाको पुरानो मुद्दा ?

माओवादी युद्धको अन्तिम बर्षतिर काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरियो । २०६२ बैशाख १६ गते अपहरणमा परेका लामालाई माओवादीले हत्या गरी जंगलको बीचमा गाडी दिएका थिए । अपहरणमा परेको दुई महिनापछि बूढाखानी गाविसको चारकिल्लामा उनको शव गाडेको अबस्थामा भेटिएको थियो । उनको हत्यामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता रहेको भन्दै लामाकि पत्नी पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिइन् ।

पूर्णीमायाले किटानी जाहेरी दिँदा माओवादीहरु शान्ति प्रक्रिया मार्फत संसद र सिंहदरवारमा पसिसकेका थिए । प्रहरीले उनीहरुबिरुद्धको जाहेरी लिन मानेन् । पीडित पूर्णीमाया र अधिकारकर्मी कनकमणि दिक्षितले सापकोटाबिरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

२०६८ सालमा सापकोटा सुचना तथा सञ्चारमन्त्री भएका बेला हत्या आरोप मन्त्री बन्न नपाउने भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको थियो । तर सर्वाेच्च अदालतले उनलाई मन्त्री बन्न रोकेन । नैतिक प्रश्न भएको जिकिर गर्दै मन्त्री बन्ने बाटो भने खोलिदियो ।

तत्कालिन न्यायाधीश रामकुमारप्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलासले ‘जाहेरी पर्दैमा सार्वजनिक पदमा बहाल हुन रोक लगाउन नमिल्ने तर पदमा बस्न ब्यक्तिले नैतिकता हेर्नुपर्ने ’ भन्दै अन्तरिम आदेश दिएन ।

विवाद यतिमै सकिएन । लामा हत्या घटनाको अनुसन्धान गर्न र दोषीमाथि कारबाहीको माग गर्दै मृतककी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटासहित माओवादी नेता कार्यकर्ताविरुद्ध अर्को मुद्दा दायर गरिन् ।

मुद्दामाथी सर्वाेच्च अदालतले कारण देखाउन आदेश जारी गर्यो । तरपनि छानविन अघि बढेन । सापकोटासहितका नेतालाई फरारको सूचिमा राखियो । सापकोटा लगायतका दोषीमाथि कारबाहीको माग गर्दै सुशील प्याकुरेलसहित ८ जनाले फेरि २०७२ चैत २६ मा अर्को मुद्दा दायर गरे। तीनवटै मुद्दामाथि एकसाथ सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओम प्रकाश मिश्रको बेन्चले विवादको छिनोफानो संवैधानिक इजलासबाट गर्न आदेश दिएको थियो।

सर्वाेच्च अदालतमा अहिले मुद्दा किनाराको अन्तिम अबस्थामा छ । ब्यक्ति हत्याको अन्तिम किनारा लगाउन असोज २९ गते पेशी तोकिए थियो तर सुनुवाई भएन । उनको मुद्दाको पेशी २२ माघमा पेशी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...