उपसभामुखले राजीनामा दिने, बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता



हाम्रो इकोनोमि

 

धानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् ।

सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार विहानै बालुवाटार पुगेका हुन् ।

नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सभामुख चयनको प्रकृया अघि बढाउने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर उपसभामुख शिवमायाले आफूले राजीनामा नगर्ने पूरानै अडान दोहोराएका थिइन् ।

‘राजीनामा गर्नुपर्ने कारण लिखित रुपमा दिनुपर्ने’ माग उनले अध्यक्षसँग गरेकी थिइन् ।  तर उनले सोमबार(आज) विहानसम्ममा राजीनामा गर्ने अनुमान पार्टी अध्यक्षहरुले गरेका थिए ।

सोमबार(आज) विहान सम्म पनि उपसभामुख शिवमायाको राजीनामा नआएपछि पार्टीका दुई अध्यक्षहरु छलफलमा जुटेका छन् ।

पहिलो चरणमा दुई अध्यक्षले छलफल गर्ने र त्यसपछि उपसभामुख तुम्बाहाङ्फेलाई बोलाएर पुन छलफल गर्ने तयारी रहेको बालुवाटार श्रोतले जानकारी दियो ।

उनले राजीनामा नगरेको खण्डमा नेकपाले सभामुखमा उम्मेदवारी दिन नपाउने र सभामुख पद नै गुम्ने खतरा रहने अवस्था बन्ने छ । जसका कारण उपसभामुख तुम्बाहाङ्फेलाई मनाएर आजका लागि बोलाइएको संसद बैठक अगावै राजीनामा गर्न लगाउने विषयमा ओली प्रचण्डबीच छलफल भइरहेको हो ।

‘यदी उहाँले राजीनामा गर्नुभएन भने के गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ’ बालुवाटार श्रोतले भन्यो ।

यदी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्न मानिनन् भने समानुपातिक सांसदबाट फिर्ता बोलाउनेसम्मको निर्णय हुनसक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...