ओली–प्रचण्डबीच सहमतिः सभामुखमा अग्नि सापकोटाको नाम सिफारिस !



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेद्वारको टुंगो लगाएको छ । आज बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुखको टुंगो लगाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट चलेको छलफलमा दुई अध्यक्षबीच सभामुखको उम्मेद्वारमा पूर्वमाअ‍ोवादी नेता अग्नि सापकोटालाई चुनिएको स्रोतले जानकारी दियो । उद्यपी आधिकारिक रुपमा सभामुखको उम्मेद्वारको नाम भने सार्वजनिक गरिएको छैन् ।

सभामुखको उम्मेद्वार टुंगो लगाउन नेकपाको सचिवालय बैठक बेलुकी ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक डाकिएको हो ।

४ बजे बस्ने सचिवलय बैठकबाट सभामुखको उम्मेद्वारको नाम अनुमोदन गरिने स्रोतको दाबी छ ।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो । तर, उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार चयन नहुँदासम्म राजीनामा नदिने अडानमा छिन् ।

प्रधानमन्त्रीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेद्वारका रुपमा अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...