चार राज्यमन्त्री थप्दै प्रदेश १ सरकार



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर १ सरकारमा दुई वर्षदेखि दुई मन्त्री नियुक्त भएका छैनन्।

प्रदेश सरकार गठन भएयता भौतिक पूर्वाधार र कृषि मन्त्रालयमा मन्त्री नियुक्ति भएका छैनन्।  मुख्यमन्त्री शेरधन राई आफैंले यी दुई मन्त्रालय पनि सम्हालेका छन्।

नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्वएमाले र पूर्वमाओवादीको भागबण्डामा यी दुई मन्त्रालयमध्ये भौतिकमा एमाले र कृषिमा माओवादीको दाबी थियो।

पार्टी एकता नहुँदा यी दुई मन्त्रालयको भागबण्डा टुंगो लाग्न सकेन। अहिले पार्टी एकता भइसके पनि यी मन्त्रालयमा मन्त्री नियुक्ति भएका छैनन्।

यही विषयमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाको सम्बन्ध चिसोमात्र छैन, एकअर्कामा आरोप-प्रत्यारोप पनि छ। पूर्वमाओवादीले आफ्नो खेमालाई ‘निषेध’ गरेको आरोप लगाउँदै आएका छन्।

यही विवादको बीचमा मुख्यमन्त्री राईले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन्।

स्रोतका अनुसार राईले चार राज्यमन्त्री नियुक्ति गर्न लागेका हुन्।
उनले अमिरबाबु गुरूङ, राम राना, विजय विश्वास र जसमाया गजमेरलाई राज्यमन्त्री बनाउन लागेको स्रोतले जानकारी दियो। यीमध्ये विश्वास पूर्वमाओवादी हुन् भने अरू सबै पूर्वएमाले हुन्।

व्यापारिक पृष्ठभूमिका सांसद गुरूङ  मुख्यमन्त्री राईका विश्वासपात्र हुन्। ओखलढुंगामा उनले शोरूम खोल्दा उद्घाटन गर्न राई हेलिकप्टरमा पुगेका थिए।

एक मन्त्रीका अनुसार आज ३ बजे सपथ ग्रहणको कार्यक्रम राखिएको छ। अहिले मुख्यमन्त्री राई राज्यमन्त्रीको जिम्मेवारीका लागि छलफलमा छन्।

‘कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल चलिरहेको छ,’ ती मन्त्रीले सेतोपाटीसँग भने।

स्रोतका अनुसार भौतिक पूर्वाधार राज्यमन्त्रीमा राईले गुरूङलाई ल्याउन चाहेका छन्। अन्य मन्त्रीको जिम्मेवारीबारे उनले मन्त्रीहरूसँग परामर्श गरिरहेका छन्।

भौतिक प्रदेशको सबैभन्दा बढी बजेट भएको मन्त्रालय हो। सो मन्त्रालयमा राईले आफूनिकट राज्यमन्त्री चाहेको नेकपाका एक नेताले बताए।

मन्त्रीमण्डल पुनर्गठनको प्रस्ताव ल्याएपछि नेकपा एक नम्बर प्रदेश कमिटीले शनिबार पदाधिकारी बैठक बोलाएको थियो। पदाधिकारी बैठकले पहिला मन्त्री नियुक्ति गर्न राईलाई सुझाव दिएको थियो।

तर, मुख्यमन्त्री राई राज्यमन्त्री नियुक्तिमा हतार देखिएको उक्त कमिटीले बतायो।

‘मुख्यमन्त्रीले पार्टीको सल्लाह मान्नुभएको छैन। पार्टीको सुझाव नमानीकन जानुभएकाले यस विषयमा उहाँलाई नै सोध्नुहोला,’ प्रदेश १ का इञ्चार्ज भीम आचार्यले  भने।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...