सभामुख चयनका विषयमा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता



हाम्रो इकोनोमि

 

 

– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (आइतबार) छलफल शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख चयनका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

सभामुख चयनका विषयमा सहमति नहुँदा ४ पटकसम्म संसद बैठक स्थगित भएपछि निकास निकाल्न अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।

यसअघि भएका छलफल सकारात्मक भएको र अब निर्णय लिँदै संसद सञ्चालन गर्ने गरी आजको छलफल हुने बताइएको छ

प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडान लिएका कारण नेकपामा सहमति हुन सकेको छैन् ।

उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दावी गर्दै आएका कारण अब अहिले चर्चामा रहेका नाम वा नयाँ व्यक्ति सभामुख बनाउने भन्ने विषयमा आज छलफल हुने बालुवाटार स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...