सभामुख चयनका विषयमा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता



हाम्रो इकोनोमि

 

 

– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (आइतबार) छलफल शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख चयनका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

सभामुख चयनका विषयमा सहमति नहुँदा ४ पटकसम्म संसद बैठक स्थगित भएपछि निकास निकाल्न अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।

यसअघि भएका छलफल सकारात्मक भएको र अब निर्णय लिँदै संसद सञ्चालन गर्ने गरी आजको छलफल हुने बताइएको छ

प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडान लिएका कारण नेकपामा सहमति हुन सकेको छैन् ।

उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दावी गर्दै आएका कारण अब अहिले चर्चामा रहेका नाम वा नयाँ व्यक्ति सभामुख बनाउने भन्ने विषयमा आज छलफल हुने बालुवाटार स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...