सूचना प्रविधि विधेयक बिरुद्ध कांग्रेसको प्रधानमन्त्रीलाई ज्ञापन पत्र
नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ । ७७ जिल्लामार्फत नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाउन लागेको हो । नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउनेछन् ।
सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक र विशेष सेवा ऐनको नेपाली कांग्रेसले विरोध गर्दै ज्ञापन पत्र बुझाउने लागेको छ ।


