सत्य निरुपणको अध्यक्षमा गणेशदत्त भट्ट र बेपत्ता आयोगमा युवराज सुवेदी सिफारिस



हाम्रो इकोनोमि

 

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ। यसैगरी बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी रहेका एवं कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा.गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो । सम्भवतः सोमबार बस्ने मन्त्री परिषदको बैठकले सिफारिस गरिएका नामहरु अनुमोदन  गर्नेछ।समितिले शनिबार दुवै आयोगमा पाँच/पाँच जना पदाधिकारी सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जानकारी दिएको छ।

शनिबार बसेको प्रमुख दुई दलको बैठकले ऐन संशोधनको काम अघि बढाउने र सिफारिस समितिलाई नाम सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको थियो। सरकारले दुबै आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै पूर्व प्रधानन्यायाधीर्श मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...