ओली, प्रचण्ड र देउवा बालुवाटारमा, के पक्दैछ खिचडी



हाम्रो इकोनोमि

 

 

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगमा पदाधिकारी चयनका लागि सहमति कायम गर्न शीर्ष नेता फेरि जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेताहरुसहित बैठक बसेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार बैठक महत्वपूर्ण निर्णयमा पुगेको छ । यसले पदाधिकारी सिफारिसमा कुरा मिलेको संकेत गरेको छ । बैठकमा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता सहभागी थिए । शुक्रबार पनि शीर्ष नेताहरुबीच बालुवाटारमै छलफल चलेको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...