अग्नी सापकोटा आउट, पम्फा भूसाल र हरिवोलमा सभामुख पक्का



हाम्रो इकोनोमि

 

महिनौ लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सभामुख पद पूर्वमाओवादीलाई दिन तयार भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरुले दावी गरेका छन् । पार्टी एकताको मर्मअनुसार नै सभामुख पद पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली तयार भएको नेकपा स्थायी कमिटी सदस्य हरिवोल गजुरेलले बताए ।

-पार्टी एकताको मर्मअनुसार नै सभामुख चयन गर्नेमा दुई अध्यक्ष तयार भएको हामीले जानकारी पाएका छौ,- गजुरेलले भने- आइतवारसम्म सभामुखको टुंगो लागिसक्छ । पूर्वमाओवादीभित्र पनि सभामुखका धेरै आँकाक्षी छन् । अग्नीप्रसाद सापकोटा, पम्फा भूसाल, हरिवोल गजुरेल र टोपबहादुर रायमाझी प्रतिस्पर्धामा छन् ।

अध्यक्ष दाहाल अग्नी सापकोटालाई सभामुख बनाउन चाहन्छन् । तर बालुवाटार अग्नीमा नाममा सकारात्मक नभएको दाहलले आफु निकटका नेताहरुलाई बताएका छन् । अग्नीप्रसाद सापकोटालाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि पम्फा भूसाल, टोपबहादुर रायमाझी र हरिवोल गजुरेलका बिषयमा छलफल भइरहेको छ ।

सापकोटालाई युद्धकालिन अभियोग छ । उनलाई सभामुख नबनाउन अधिकारकर्मीहरुले सार्वजनिकरुपमा प्रधानमन्त्रीलाई आग्रह पनि गरिसकेका छन् । प्रधानमन्त्री ओलीले पनि सभामुखमा सापकोटालाई मन नपराएको स्रोतले बताएको छ ।

सापकोटाका बिकल्पमा अरुको नाम दिन शुक्रवार विहान ओलीले दाहाललाई आग्रह गरेका थिए । साँझ दुई अध्यक्षबीचको छलफलमा पम्फा भूसाल र हरिवोल गजुरेलका नाममा छलफल भएको थियो । पम्झा भूसालका पक्षमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । भूसाललाई सभामुख बनाउँदा महिलाको माग पूरा हुने र सभामुखका लागि उनी सक्षम रहेको ओलीको बुझाई छ ।

तर पूर्वमाओवादीका केही नेताहरु भने भूसालका पक्षमा छैनन् । पार्टी फुटाएर गएको र पछि रामबहादुर थापा बादलसँगै पार्टीमा फर्केको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...