आस्था राउतबिरुद्ध प्रहरी जवान रमिताले दिइन उजुरी



हाम्रो इकोनोमि

 

बुधवार त्रिभूवन विमानस्थलमा भएको घटनालाई लिएर गायिका आस्था रावतले प्रहरीमाथी गाली गलौज गरेपछि प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी छिन् । आस्था रावतले आफुमाथी अभद्र ब्यवहार गरेको भन्दै जवान रमिताले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

बुधवार त्रिभूवन विमानस्थलबाट बाहिरिदै गर्दा गायिका राउतले अभद्र ब्यवहार गरेको भिडियो पनि सार्वजनिक भएको छ । तर विहीबार फेसबुक लाइफमा आस्थाले प्रहरीका जवानहरुलाई तल्लो स्तरमा झरेर गाली गलौज गरेकी छिन् । उनको अभिब्यक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेका बेला प्रहरी जवानले उजुरी दिएकी हुन् ।

आस्था रावत हातमा कफीको गिलास लिएर चेकिड स्थलमा प्रवेश गर्दछिन् । चेकिडमा रहेकी महिला प्रहरीले जकेट खोलेर राख्न आग्रह गर्छिन । आस्थाले पनि जकेट खोल्छिन् । चेकिड हुन्छ । तर चियाका गिलास महिला प्रहरीले दिन खोज्दा उनले औला ठठ्याउँदै गएको भिडियो सार्वजनिक भएको छ । त्यही बेला आफुमाथी लाली गलौज गरेको भन्दै प्रहरी जवान अस्मिताले उजुरी दिएकी हुन् । आस्था भने सिक्किममा छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...