भिडियो कन्फ्रेन्समा जोडिँदैछन् ओली र मोदी, के छ रहस्य



हाम्रो इकोनोमि

 

 

भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने भएको छ ।  नेपाल र भारतका दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्सबाट  हस्तान्तरण कार्यक्रममा सहभागी हुने छन् । सिंहदरबारमा प्रधानमन्त्री केपी ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिने छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार २१ जनवरी (७ माघ)मा  कार्यक्रमको तयारी भइरहेको छ । भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ ।

ती घर हस्तान्तरणका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने तयारी भएको प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालले जानकारी दिए ।
भिडियो कन्फ्रेन्समा जोडिने सन्दर्भ भने विराटनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन हो ।

सहसचिव भुसालका अनुसार आइसीपीको औपचारिक उद्घाटनका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिनेछन् । सोही बेला भारतीय सहयोगमा निर्माण गरिएका घरको हस्तान्तरण समेत हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घर हस्तान्तरणको तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार यी घर पेट्रोलियम पदार्थको पाइपलाइन उद्घाटनकै दिन हस्तान्तरण गर्ने तयारी थियो । तर, प्राविधिक कारणले उक्त प्रक्रिया पुरा हुन नसकेपछि ७ माघमा हस्तान्तरण गर्न लागिएको हो ।

भारतले सहयोग गरेका निजी आवास पुनर्नर्माणको काम ९० प्रतिशतभन्दा माथि पुगेका कारण घर हस्तान्तरण गर्न लागिएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चेम्बर्स अफ कमर्शका पदाधिकारीहरुसँगको भेटमा समेत यो सन्दर्भ उल्लेख गरेका थिए ।

‘गोरखामा भारतीय सहयोगमा बनाएका घरहरुको हस्तान्तरण गर्दैछौं, यहाँ सिंहदरबारबाट मैले र दिल्लीबाट मोदीजीले उद्घाटन गर्दैछौं,’ उनले भनेको थिए ।

भारतीय सहयोगमा गोरखामा मात्र २७ हजार घरको पुनर्निर्माण भएको छ । निजी आवास पुनर्निर्माणतर्फ भारत सरकारले ‘नेपाल आवास पुनर्निर्माण परियोजना’मा लगानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...