मुख्यमन्त्री र मन्त्रीलाई जुत्ता हान्ने ४ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लगायत मन्त्रीको तस्विरमा जुत्ता प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विमलेश चौधरी, शंकर साह, रोशन सिंह राजपुत र रोशन ठाकुर रहेका छन् ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित तस्बिरमा जुत्ता हानेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये राजपुत राजपाका युवा संघका अध्यक्ष छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । गत आर्थिक वर्षको ८६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । यसै कारण उपभोक्ता समिति आन्दोलनमा उर्लेका छन् ।

आर्थिक मसान्तको अन्तिम सातामा योजना पाएकाहरुमा अधिकांश राजनीतिकर्मीहरु रहेका छन् । यसै विषयलाई प्रदेशसभाको बैठक पनि अवरुद्धको कारण बनेको छ । उपभोक्ताहरुको बक्र्यौता रकम भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने भन्दै सभामुख सरोजकुमार यादवले प्रदेश सरकारलाई जवाफ दिन रुलिङसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...