कोटेश्वर जाम कम गर्न सरकारले ल्यायो ६ योजना



हाम्रो इकोनोमि

 

सरकारले काठमाडौं बाहिरिने तथा भित्रने नाकाका रूपमा रहेको कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकासे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ । सरकारले गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ मा कोटेश्वरको सवारी जाम हटाउने कार्यलाई विशेष प्राथमिकता दिएको छ ।

कोटेश्वर सवारी जाम हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको कार्ययोजनाको पहिलो नम्बरमा कोटेश्वर चोकबाट बायाँतिरको खाली ठाउँमा सर्भिस लेन विस्तार गर्ने योजना समेटिएको छ ।

सडक विभागका लागि जिम्मेवारी तोकिएको उक्त काम वैशाखभित्र गरीसक्नुपर्नेछ । उक्त कामका लागि काठमाडौं महानगरपालिका, अर्थ मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलले सहयोगी भूमिकामा काम गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

सरकारले त्यहाँको जाम कम गर्न कोटेश्वर चोकबाट जडीबुटी चोकतिर जाँदा बायाँतर्फबाट सोझै ३२ वडा कार्यालय निस्कने गरी खुलेको सडकको स्तरोन्नति गर्ने रणनीति तय गरेको छ । उक्त काम असारभित्र सडक विभागले गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

सवारी जाम हटाउने तेस्रो विकल्पमा जडीबुटी चोकमा रहेको एउटा कच्ची घरको मुआब्जा दिई घर हटाउने योजना छ । सडक विभागले चैत्रभित्र उक्त काम गरिसक्नुपर्ने जिम्मा दिइएको छ । चौथो योजनाअनुसार जडीबुटी चोकबाट निर्माणधीन मनोहरा पुलसम्म जानका लागि दुवैतर्फ सर्भिस लेन विस्तार गर्नुपर्नेछ । उक्त कामको जिम्मेवारी पनि सडक विभागको नै तोकिएको छ ।

विभागले असारभित्र उक्त काम गरिसक्नुपर्नेछ । पाँचौं विकल्पमा सरकारले जडीबुटी चोकबाट कोटेश्वरसम्म बायाँतिर सर्भिस लेन विस्तार गर्ने योजना बनाएको छ भने छैंटो विकल्पमा अकासे पुल निर्माण रहेको छ । सरकारले सडक विभागलाई असारभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी कोटेश्वर चोकको उपयुक्त स्थानमा आकाशे पुल निर्माण गर्ने कार्य योजना अघि सारेको छ ।

सरकारले हालै तय गरेको कार्ययोजनामा काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्य योजना अघि सारेर काम समेत थाालेको छ । कार्ययोजनाअनुसार उपत्यकाका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिने छ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ ।

कोटेश्वर–जडीबुटीचोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १ सय २४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ । राजधानीबाट

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...