सभामुखको पद प्रचण्डको कोर्डमा, आजै नाम टुंग्याउने तयारी
लामो समयको रस्साकस्सीपछि नेकपाका दुई अध्यक्षले शुक्रवार सभामुखको उम्मेदवार टुंग्याउने तयारी गरेका छन् । सभामुखको बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो रस्साकस्सी चल्यो ।
विहीवार पाँच दिन लामो सम्वादहिनतालाई तोड्दै दुई अध्यक्षले २ घण्टा छलफल गरेका थिए । विहीबारको सम्वाद सकारात्मक भएपछि आज (शुक्रवार) दुई अध्यक्ष अन्तिम छलफलमा बस्दैछन् । आजको छलफलबाट सभामुखको नाम टुग्गिने दाहाल निकट नेताहरुले बताएका छन् ।
विहीबारको छलफलमा प्रधानमन्त्री ओली लचकरुपमा प्रस्तुत भएका थिए । उनी सभामुख पूर्वमाओवादी खेमालाई दिन तयार रहेको दाहालले निकट नेताहरुलाई बताएका थिए । ओली चलक भएपछि सभामुखको टुंगो आज नै लगाउने तयारी गरिएको छ ।
अबको दुई दिनपछि संसद बैठक बस्दैछ । तीन पटक स्थगित भइसकेको संसद बैठक अब स्थागित नुहँने गरी दुई अध्यक्षले छलफल थालेका छन् । नयाँ सभामुखका भने चर्चाभन्दा बाहिरबाट ल्याउने तयारी गरिएको छ ।
सभामुख पूर्वमाओवादीले पाएपछि सुवास नेम्वाड र शिवमाया तुम्बाहाडफेको च्याप्टर क्लोज भइसकेको छ । पूर्वमाओवादीबाट दाहालले अग्नी सापकोटाको नाम अगाडी सारेका छन् । तर प्रधानमन्त्री ओली सापकोटामा सहमत नहुँने संकेत गरेका छन् । पम्फा भूसाल र हरिवोल गजुरेलको नाम चर्चामा रहेको छ । सभामुख पद अब प्रचण्डको कोर्डमा रहेको छ । उनले कसलाई सभामुखको प्रस्ताव गर्छन ? उही नयाँ सभामुख हुने लगभग निश्चित छ ।


