सस्तो खुवाउने होडबाजीले अब सित्तैमा खाना



हाम्रो इकोनोमि

 

 

सस्तोमा खाना खुवाउने होडबाजीमा अब सित्तैमा खान खुवाइने भएको छ । इनरुवा नगरबासीको संयुक्त आयोजनामा इनरुवा–४ बसचोकमा निशुल्क खान खुवाउने अभियान शुरु भएको हो ।

अभियानका लागि सत्य यादवको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । निशुल्क प्राप्त हुने खानामा दाल, भात, अचार, पापड खान पाउनुका साथै  पानी पनि पाउने आयोजकले जनाएको छ । गरिब, असहाय, विपन्न र सडकमा भौँतारिएर दिन बिताउनेहरुलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान शुरु गरिएको बताइएको छ ।

केही समयदेखि प्रदेश १ मा सस्तोमा खाना खुवाउने लहर नै चल्दै आएको छ । केही दिन अघिबाट विराटनगरमा पनि १० रुपैयाँमा पेटभरी खाना खुवाउन शुरु गरिएको थियो । त्यसैगरी दमकमा पनि मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन शुरु भएको छ । भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...