सस्तो खुवाउने होडबाजीले अब सित्तैमा खाना



हाम्रो इकोनोमि

 

 

सस्तोमा खाना खुवाउने होडबाजीमा अब सित्तैमा खान खुवाइने भएको छ । इनरुवा नगरबासीको संयुक्त आयोजनामा इनरुवा–४ बसचोकमा निशुल्क खान खुवाउने अभियान शुरु भएको हो ।

अभियानका लागि सत्य यादवको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । निशुल्क प्राप्त हुने खानामा दाल, भात, अचार, पापड खान पाउनुका साथै  पानी पनि पाउने आयोजकले जनाएको छ । गरिब, असहाय, विपन्न र सडकमा भौँतारिएर दिन बिताउनेहरुलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान शुरु गरिएको बताइएको छ ।

केही समयदेखि प्रदेश १ मा सस्तोमा खाना खुवाउने लहर नै चल्दै आएको छ । केही दिन अघिबाट विराटनगरमा पनि १० रुपैयाँमा पेटभरी खाना खुवाउन शुरु गरिएको थियो । त्यसैगरी दमकमा पनि मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन शुरु भएको छ । भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...