बाथरूममा ग्यास गिजर राखेर नुहाउँदा जान सक्छ ज्यान



हाम्रो इकोनोमि

 

यसैसाता काठमाडौंको मिलनचोकमा नुहाउन बाथरुम छिरेकी स्वशिका लिम्बू बाथरुमभित्रै बेहोस् भइन्।

झापाकी २० वर्षिया लिम्बू मिलनचोकको रुमिज गर्ल्स होस्टेलमा बस्थिन्।

तेस्रो तलामा रहेको बाथरुममा नुहाउन छिरेकी उनलाई धेरै बेरसम्म पनि ननिस्केपछि भेन्टिलेसन फोरेर हेर्दा बेहोस अवस्थामा भेटियो।

उनलाई तत्कालै हस्पिटल त पुर्‍याइयो, तर उनको मृत्यु भइसकेको थियो।

त्यसको एक दिनअघि ललितपुरमा पनि उस्तै घटना भयो। वीरगन्ज घर भएकी १९ वर्षीया जेनिथ चौहानको बाथरुममा निसास्सिएर मृत्यु भएको भयो। उनी ललितपुरको सुरिवा गर्ल्स होस्टलमा बस्थिन्।

यी दुबै घटनाको एउटै कारण थियो- उनीहरू ग्यास गिजरमा नुहाउन छिरेका थिए। र, निसास्सिएर बेहोस भएका थिए।

लामो समयसम्म बेहोस भएको थाहा नपाउदा मृत्यु भएको प्रारम्भिक बुझाइ प्रहरीको छ।

यी त प्रतिनिधि घटना हुन्। यस्ता घटना कहाँ कति भएका छन्, यकिन छैन।

जोडो मौसममा नुहाउन बाथरुमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ।

फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर मात्रको दोष हैन। बाथरूममा राखिने भेन्टिलेसन पनि हो।

‘हामी प्राय: नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं, अनि ग्यास गिजन चलाउछौं,’ पौडेलले भने, ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’

बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ। ‘तर, हाम्रोमा बाथरुम छिरेर लामो समय बस्ने र बाहिर कसैले वास्ता नगर्दा यस्तो जोखिम बढेको छ,’ उनले भने।

नुहाउँदा थाहा नै नपाई बेहोस नहुने उनले बताए। सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ। ‘कहाँ छु भन्ने थाहा हुन छोड्छ। र, मानिस बेहोस हुन्छ,’ उनी भन्छन्।

यस्तै, टेकु अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर पुन पनि पौडेलको जस्तै तर्क गर्छन्।

‘यसको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो। ग्यास गिजरबाट निस्कने हानीकारक रसायनले मानिसको मत्यु हुन्छ,’ उनले भने।

उनी ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको बताउँछन्।

‘गिजर जोड्ने मान्छे आउँछ जोडेर जान्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिकाएको भेटिँदैन,’ पुनले भने, ‘प्राय: परिवारमा पनि यस विषयमा चर्चा गरेको पाइँदैन। त्यसैले यस्तो दुर्घटना बढेको छ।’

पौडेल गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाव दिन्छन्। भन्छन्, ‘कसैको एक घण्टा वा लामो समय बाथरुममा बस्ने बानी हुन्छ, गिजर खोलेर नुहाउँदा बेला-बेलामा बन्द गर्नुपर्छ र सकेसम्म छिटो नुहाइसक्नुपर्छ,’ उनले भने।

पुन भने परम्परागत तरिकाले पानी तताएर बाथरुममा लगेर नुहाउन सल्लाह दिन्छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...