अधिकांस निजी बिद्यालय ईशाई धर्मका प्रचारक



हाम्रो इकोनोमि

 

 

अधिकांस निजी बिद्यालय ईशाई धर्मका प्रचारक जस्तो देखिएको भन्दै आलोचना बढ्न थालेको छ । फरक धर्म मान्ने आँफ्ना बालबालिकालाई बिना अनुमति ईशाई धर्मावलम्वीको पोशाकसहित कार्यक्रममा सहभागी गराएकोमा अभिभावक समेत असन्तुष्ट देखिएका छन । अघिल्लो दिन अबोध बालबालिकालाई सहभागी गराएर कार्यक्रम गरेका अधिकांस निजी बिद्यालयले क्रिसमसका लागि बिदा समेत दिएका छन । तर सामुदायीक बिद्यालय भने बुधवार पनि नियमित संचालनमा छन ।

जबकि सरकारले स्पष्ट रुपमा ईशाई धर्म मान्नेहरुलाई मात्र एक दिनको बिदा दिएको छ । यस्तोमा प्रश्न उब्जिएको छ –“के सबै निजी बिद्यालयमा अध्यनरत बिद्यार्थी ईशाई धर्मावलम्बी हुन ? होईनन भने किन सबैलाई सार्बजनिक बिदा ?”। शिक्षा आर्जन गर्ने थलोलाई अमुक धर्म प्रचार गर्न दुरुपयोग गरिएको भन्दै सामाजिक संजालमा समेत यसबारे चर्को बहस भईरहेका छन । पश्चिमाहरुको सिको गर्दै बालबालिकाको कलिलो मस्तिष्कमा अमुक धर्मको छाप पार्ने काम अबैध भएको कतिपय शिक्षाबिदहरुको दाबि छ ।

शिक्षाबीद मन वाग्लेका अनुसार निजी बिद्यालयहरुमा धर्म प्रचारको शैलीमा हुँदै आएका सम्पूर्ण कृयाकलापहरु नियमन गर्नुपर्ने आवश्यक्ता छ । वाग्लले यसलाई मनोरञ्जनको नाममा पश्चिमा सस्कृति लाद्ने दुष्प्रयासको संज्ञा समेत दिनुभयो । निजी बिद्यालयहरु ईशाई धर्म प्रचारक जस्तो देखिएकोबारे आँफु लगायतले पटक–पटक सरोकारवालाहरुको ध्यानाकर्षण गराएको शिक्षाबीद वाग्लेको भनाई छ । धर्म परिवर्तन र प्रचारका लागि गरिने हरेक अनूचित कार्यलाई प्रष्ट बर्जित गरेको सरकारले निजी बिद्यालयमा खुलेआम भईरहेका यस्ता गतिबिधी नदेख्नु दुखद भएको वाग्लले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...