देउवा निवासमा भारतीय राजदूत पुरीलाई विदाइ लन्च, को को थिए सहभागी?



हाम्रो इकोनोमि

 

 

सामाजिक सञ्जालमा मंगलबार एउटा फोटोको चर्चा छ।

उक्त फोटोमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले कुराकानी गरेको देखिन्छ।

राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लन्च’ गराएका हुन्। लन्च मिटिङमा देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीलाई पनि बोलाएका थिए।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेको भन्दै देउवाले पुरीलाई केही समयअघि फोन गरी लिम्पियाधुरा, कालापानी तथा लिपुलेक (महाकाली पूर्व) नेपाल भएको सम्झाएका थिए।

देउवाले फोनबाटै भए पनि नेपालका भूमि अतिक्रमण रोक्न पहल गरेकोमा त्यसबेला प्रशंसा पनि भयो। तर त्यसको केही समयपछि देउवा उनै राजदुत पुरीसँग लन्च मिटिङपछि आलोचनामा छन्।

राजदूत पुरीसँग देउवा निवासमा के कुरा भयो?

‘उहाँ (मञ्जिवसिंह पुरी) भारत फर्कँदै हुनुहुँदो रहेछ। नेपाल बसाइ कस्तो रह्यो भन्ने सामान्य कुराकानी मात्रै भयो। राजनीतिक कुराकानी नै भएको छैन,’ उनले भने, ‘सभापतिज्यूकहाँ ‘लन्च’ खाने कार्यक्रममात्र हो।’

कांग्रेसले मात्र होइन, राजदूत पुरीलाई अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपा नेताहरूले पनि औपचारिक कार्यक्रम नै गरेर विदाइ गरे। गत आइतबार राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहित अध्यक्ष मण्डलका सदस्यहरूले पुरीलाई मायाको चिनो उपहार नै दिएर विदाइ गरे।

पुरी सन् २०१७ मार्चमा नेपाल आएका हुन्। उनी तीन वर्षपछि कार्यकाल सकेर फर्कंदैछन्।

पुरीले अब सरकारी सेवाबाटै अलग हुने तयारी पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...