जाडाेमा कोठा न्यानो पार्दै हुनुहुन्छ ? ख्याल गरौँ



हाम्रो इकोनोमि

 

 

कीर्तिपुरमा आइतबार राति कोइला बालेर सुतेका शर्मिला रञ्जितकार र उहाँकी दुई महिने छोराको ज्यान गयो । साँघुरो कोठामा कोइला बालेर सुतेका कारण अक्सिजन अभाव भएपछि उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । चिसो बढेपछि कोठा न्यायो बनाउन बालेको आगो न्यानो मात्र होइन, उत्तिकै हानिकारक पनि हुन्छ ।

चिसो भएपछि धेरैले यसैगरी दाउरा, कोइला बाल्ने गरेका छन् । अछाम, बैतडी, बाजुरा लगायतका जिल्लामा छाउगोठमा समेत यसैगरी न्यायो पार्ने चलन छ । काठमाण्डौ उपत्यका लगायतका शहरमा पनि दाउरा, कोइला, बिग्रेट, विद्युतीय सामग्री बाल्ने र ताप्ने गरिन्छ ।

तर शरीर न्यानो पार्न ताप्ने आगोले आगलागीसँगै ज्यान जाने सम्मका जोखिम निम्त्याउने गरेको छ । खुला ठाउँमा बालेको आगो ताप्दा सामान्य स्वास्थ्य समस्या देखिन्छ । दम, निमोनिया, आँखामा समेत समस्या देखिने डाक्टर विवेककुमार लाल बताउनु हुन्छ । तर झ्याल तथा हावा खेल्ने ठाउँ नभएको अवस्थामा कुनै लक्षणबिना नै ज्यान जान सक्ने भएकाले सावधानी अपनाउनुपर्ने डाक्टरको सुझाव छ ।

किन जान सक्छ ज्यान ? 

ताप्न वा न्यानो बनाउन बालिने दाउरा, कोइलाको आगो, हिटर लगायतले बन्द कोठामा अक्सिजनको ठाउँमा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न गर्छ ।

श्वासप्रश्वास प्रक्रियाका लागि अक्सिजन चाहिन्छ भने आगो बल्न पनि अक्सिजन नभै हुँदैन । नयाँ हावा छिर्ने ठाउँ नभएपछि अक्सिजन अभाव हुँदा ज्यान जाने सम्भावना हुन्छ । कार्बनमोनोअक्साइड हेमोग्लोबिनमा अक्सिजनभन्दा दुई सय गुणा बढी टाँसिन्छ र अक्सिजनलाई विस्थापित गर्छ । शरीरमा पर्याप्त अक्सिजन नहुँदा नियन्त्रण गुम्छ, होस गुमाउँदै गएर ज्यान जाने सम्भावना हुने डाक्टरको भनाइ छ ।

के गर्ने त ?

कार्बनमोनोअक्साइडको छिटो र बढी असर मुटुका रोगी, श्वासप्रश्वाससम्बन्धी बिरामी, गर्भवती, सुत्केरी तथा ५ वर्षमुनिका बालबालिकामा पर्छ । त्यसैले अरु बेला पनि कोठामा चिम्नी वा भेन्टिलेसनको व्यवस्था गर्नुपर्छ । सामान्य लक्षण टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर थाकेजस्तो हुने, वाकवाकी वा चिटचिट हुने समस्या देखिए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ । अझ चिसोमा आगो बाल्दा वा विद्युतीय सामग्रीबाट तातो बनाउँदा विशेष ख्याल गर्नुपर्छ ।

– बन्द कोठामा दाउरा, कोइला, हिटर बालेर सुत्नु हुँदैन
– नुहाउने कोठामा झ्याल खुला राख्नुपर्छ
– ग्याँस गिजर सकेसम्म बाथरुम बाहिर राख्नुपर्छ
– बाक्ला कपडा, तातो झोलिलो खानेकुरा खाएर शरीर न्यानो बनाउन सकिने डाक्टर विवेककुमार लालको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...