डोनल्ड ट्रम्पमाथी महाअभियोग, राष्ट्रपति पद चट्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथी महाअभियोगको प्रस्ताव पारित भएको छ । महाअभियोगको प्रस्ताव पारित भएलगतै उनको पद धरापमा परेको न्यूज एजेन्सीहरुले बताएका छन् ।
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाअभियोगको प्रस्ताव पारित भएको छ । तल्लो सदनबाट पारित भएर मात्र उनी पदबाट हट्ने भने छैनन् । उनलाई पदमुक्त गर्न माथिलो सदनले पनि पारित गर्नु पर्नेछ । महाभियोग सामना गर्ने उनी तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।
माथिल्लो सदन सिनेटले उनका बिषयमा अन्तिम निर्णय लिनेछ । सिनेटबाट पनि उनको महाअभियोग प्रमाणित भए राष्ट्रपतिबाट पदमुक्त हुनेछन् । हाउस अफ रेप्रेजेन्टेटिभ्सले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्दै उनीबिरुद्ध महाअभियोगको प्रस्ताव पारित गरेको छ । ट्रम्पविरुद्धका दुई महाभियोग लागेका छन् । एउटामा मतदान भएको छ भने अर्काेमा पनि मतदान हुनेछ ।
पहिलो मतदानमा उनका विपक्षमा २३० र पक्षमा १९७ मत परेको थियो । डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मतदान गरेका थिए । उनीमाथी दोस्रो आरोप छ कंग्रेसलाई अबरुद्ध पुरयाएको । यो बिषयमा पनि ट्रम्पले मतदानको सामना गर्नेछन् ।


