डोनल्ड ट्रम्पमाथी महाअभियोग, राष्ट्रपति पद चट्



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथी महाअभियोगको प्रस्ताव पारित भएको छ । महाअभियोगको प्रस्ताव पारित भएलगतै उनको पद धरापमा परेको न्यूज एजेन्सीहरुले बताएका छन् ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाअभियोगको प्रस्ताव पारित भएको छ । तल्लो सदनबाट पारित भएर मात्र उनी पदबाट हट्ने भने छैनन् । उनलाई पदमुक्त गर्न माथिलो सदनले पनि पारित गर्नु पर्नेछ । महाभियोग सामना गर्ने उनी तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।

माथिल्लो सदन सिनेटले उनका बिषयमा अन्तिम निर्णय लिनेछ । सिनेटबाट पनि उनको महाअभियोग प्रमाणित भए राष्ट्रपतिबाट पदमुक्त हुनेछन् । हाउस अफ रेप्रेजेन्टेटिभ्सले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्दै उनीबिरुद्ध महाअभियोगको प्रस्ताव पारित गरेको छ । ट्रम्पविरुद्धका दुई महाभियोग लागेका छन् । एउटामा मतदान भएको छ भने अर्काेमा पनि मतदान हुनेछ ।

पहिलो मतदानमा उनका विपक्षमा २३० र पक्षमा १९७ मत परेको थियो । डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मतदान गरेका थिए । उनीमाथी दोस्रो आरोप छ कंग्रेसलाई अबरुद्ध पुरयाएको । यो बिषयमा पनि ट्रम्पले मतदानको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...