पार्टी फुटाएर लैजाने पौडेल र सिटौलाको चेतावनी, देउवाले भने सक्छौ भने गर



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र गुटगत टकराव उत्कर्षमा पुगेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुटले केन्द्रीय समितिको बैठक निरन्तर बहिष्कार गरिरहेको छ भने, सभापति शेरबहादुर देउवा पेलेरै जाने गरी बैठक सञ्चालन गरिरहेका छन् । आफु र सिटौलालाई पेलेरै जाने देउवाले तयारी गरेपछि पौडेलले पार्टी फुटाएर लैजाने भन्दै देउवालाई चेतावनी दिएका हुन । सक्छौ भने गरेर देखाउन देउवाले अर्को चेतावनी दिएका छन ।

 

महाधिबेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र गुटगत टकाराव शुरु भएको छ । सभापति शेरबहादुर देउवा आफ्नो अनुकुलतामा पार्टीको महाधिबेशन गराउने पक्षमा छन् भने पौडेल र सिटौला समुह विधानअनुसार नै पार्टीको महाधिबेशन हुनुपर्ने पक्षमा छन् ।

 

पौडेल र सिटौला समुहले बहिष्कार गरेपनि देउवा समुहले केन्द्रीय समितिको बैठक स्थगित गरेको छैन । पार्टीका विभाग र जनवर्गीय संगठनलाई पूर्णता दिनेगरी देउवाले केन्द्रीय समितिको बैठक चलाईरहेका छन् । विभाग र जनबर्गीय संगठनको एजेण्डा आउनुभन्दा पहिलेनै पौडेल सिटौला समुहले महाधिबेशनको कार्यतालिकालाई लिएर बैठक बहिष्कार गरेका छन् ।

 

बैठक बहिष्कार भएपछि कांग्रेसका गुटगत भेलाहरु सक्रिय बनेका छन् । देउवा समुहको भेला बुढानीलकण्ठमा दैनिक बस्ने गरेको छ भने पौडेल समुहको बैठक कहिले महामन्त्री शशांक कोइराला र कहिले पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा बस्ने गरेको छ ।

पार्टीभित्रको गुटगत विवाद मिलाउन तीन दिनअघि सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा पुगेका थिए । उपसभापति विमलेन्द्र निधिसँग देउवा पौडेल निवासमा पुगेपनि समस्याको गाँठो फुकेन । देउवाले पौडेल र सिटौला समुहसँग सम्वाद गर्न निधिलाई जिम्मा दिएका छन् । निधि दुवै पक्षका नेताहरुसँग नियमित भेटघाट गरेपनि गाँठो फुकाउन सफल हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...