२०७७ को अन्त्यमा नेकपाको एकता महाधिवेशन, को को भिडने भए अध्यक्षमा



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले २०७७ सालको अन्त्यसम्ममा एकता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ । आइतवारबाट सुरु भएको स्थायी समिति बैठकमा अध्यक्षद्वयको तर्फबाट पेश गरिएको राजनीतिक प्रतिवेदनमा सो प्रस्ताव गरिएको हो । आगमी हुने एकता महाधिवेशनमा पनि हालका २ अध्यक्ष ओली र प्रचण्डबीच नै प्रतिशपर्धा हुने निश्चित भएको छ ।

गत बर्षको जेठ ३ गते पार्टी एकता गर्दा दुई बर्षभित्रै एकता महाधिवेशन गर्ने घोषणाअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले २०७७ सालको अन्त्यसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो । ‘२०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पाटी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने,’ प्रतिवेदनको पार्टीका आगामी कार्यक्रमका रुपरेखा शीर्षकको आठौं बुँदामा भनिएको छ ।

पार्टीका आगामि कार्यक्रमका रुपरेखा

१. आगामि माघको पहिलो हप्ताभित्र केन्द्रीय समितिको बैठक आयोजना गर्ने ।

२. केन्द्रीय समितिको बैठकबाट ३ महिने ठोस कार्यक्रम निधारण गरी सातै प्रदेश एवम् विशेष प्रदेशहरूमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने ।

३. सबै प्रदेश, विभाग, जवस र मोर्चाहरूलाई आआफ्नो कार्यक्षेत्र भित्र ३ महिने कार्यक्रम बनाई संगठन विस्तार र सुदृढ गर्ने तथा जनसम्बन्ध विस्तार र सदृढ गर्न ठोस कार्ययोजना बनाई कार्यन्वयन गर्ने।

४. प्रदेशका तर्फबाट सबै जिल्लाहरूका भेला, प्रशिक्षण र बैठकहरूको आयोजना गर्ने तथा व्यापक जनपचिालनमा जोड दिने। सोही अनुसार प्रदेश र जिल्लाका तर्फबाट सबै स्थानीय कमिटिसम्म त्यसप्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने ।

५. फागुन र चैत्र महिनामा सात वटै प्रदेशमा वृहद् जनसभाको आयोजना गर्ने तथा ती सभाहरूमा प्रदेश र केन्द्रीय नेतृत्व समेतबाट सम्बोधनका कार्यक्रम राख्ने ।

६. केन्द्रीय समितिको बैठकको लगत्तै संगठन विभागका तर्फबाट पार्टी सदस्यहरूको अभिलेख संकलन, सदस्यता नविकरण लेबी कोटा उठाउने देखि अन्य संगठनात्मक कामहरूलाई व्यवस्थित पार्ने।

७. पहिलो ३ महिने कार्ययोजना पुरा गरी अर्को कार्ययोजना अवधिलाई जिल्ला पार्टी अधिवेशन तयारी अवधिका रुपमा अगाडि बढाउने ।

८. २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पाटी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने ।

९. सबै स्तरका पार्टी कमिटिहरूले स्थानीय प्रादेशीक र केन्द्रीय सरकारको कामलाई प्रभावकारी बनाउन आआफ्नो स्तरमा ठोस कार्ययोजना तयार पारी कार्यान्वय गर्ने ।

१०. सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जनसेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने कुरामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिनु पर्दछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना ठूला परियोजनाका सञ्जाल निर्माण गर्नु पर्दछ । स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने कुरामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...