यस्तो पनि नगरपालिका छ जहाँ कृषकलाई पानी र बीउ निशुल्क दिइन्छ



हाम्रो इकोनोमि

 

राज्यको नीति छ कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने तर कृषकलाई सिंचाई, मल र बिउको अभावले सताइरहन्छ । देशको अधिकांश क्षेत्रका किसान खेतीका लागि वर्षाको पानीमा निर्भर हुन्छन् कि त विद्युतीय मोटर पम्पको प्रयोग गरी जमिनको पानी तान्ने गर्दछन ।

विद्युतीय मोटरबाट पानी तान्दा महङ्गो पर्ने गरेको किसानको गुनासो छ । मुलतः तराई मधेश क्षेत्रमा सिंचाई सुविधा अभावको कारण किसानहरु चिन्तित हुने गर्दछन । अन्य क्षेत्रमा परिस्थिति फरक भए पनि रौतहट जिल्लाको मौलापुर नगरपालिकाका किसान भने निश्चिन्त भएर आफ्नो पेसामा रमाउने गर्दछन र मनग्ये उत्पादन गरिरहेका छन् । किनकि यस नगरपालिकाभित्र कृषि मिटरमार्फत विद्युतीय मोटरको प्रयोग गरि सिंचाई गर्ने किसानहरुले मिटर बिल निशुल्क पाउने गरेका छन् ।

‘यस नगर क्षेत्रको ७५ प्रतिशतभन्दा बढी भूभागमा खेती हुने गर्दछ र अधिकतम स्थानीय कृषि पेसामा आधारित छन् । स्थानीयका लागि सिंचाईका लागि विकल्पको रुपमा रहेको कृषि मिटर रहेको छ । यसबापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । यसले किसानलाई सहज बनाइदिएको छ’ मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले भने ।

कृषिमा उच्च प्राथमिकतामा राखेको यस नगरपालिकाले सिंचाई मात्र सहज बनाइदिएको छैन उन्नत बीउ र मलको पनि उचित व्यवस्थापन गर्ने गरेको छ । निर्वाचन पश्चात् नै यस क्षेत्रका किसानलाई उन्नत बीउ र मल सहूलियत मूल्यमा उपलब्ध गराउने गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार नगरपालिका स्वयम ग्यारेन्टी बसेर यस क्षेत्रका किसानलाई मुल बिउ र आवश्यक उन्नत बीउ सामान्य दरमा उपलब्ध गराउने गरेको छ । जसका कारण यहाँका किसानले कृषिबाट मनग्ये आम्दानी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...