अध्यक्ष प्रचण्डले गरे आत्म आलोचना, यस्तो छ राजनीतिक प्रतिवेदन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी किमिटीको वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले वैठकमा आफूले तयार पारेको राजीनितक प्रतिवदेन पेश गरेका हुन् ।

वैठकमा प्रस्तुत प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषयहरु समावेश छन् । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी वैठक बसेको हो । वैठकमा १६ पृष्ठ लामो प्रतिवेदन पेश गरेका प्रचण्डले समयमा पार्टीका वैठकहरु आयोजना गर्न नसकेकोमा आत्मआलोचना गर्दै अब नियमित रुपमा वैठकहरु बस्ने प्रतिबद्धता पनि जनाएका छन् ।

बैठकको सुरुमा अध्यक्ष प्रचण्डले अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठक र विविध विषयमा छलफल हुने कार्यसूची प्रस्तुत गरेका थिए ।

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा मुख्य ७ विषयलाई जोड दिइएको छ । प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछि पार्टी सुदृढीकरण अभियान, सरकारको कामको समिक्षा र उपचुनावको समिक्षा लगायतका विषय उल्लेख गरिएको छ ।

प्रचण्डले १६ पृष्ठ लामो प्रतिवेदनमा आगामी कार्ययोजना सम्बन्धि कार्यक्रमसमेत रहेको प्रवक्ता नारायणकजी श्रेष्ठले जानकारी दिए ।

विधान अनुसार प्रत्येक ३–३ महिनामा बस्ने स्थायी कमिटीको वैठक यस अघि गर्त वर्ष २९ माघ मा बसेको थियो । त्यसयता स्थायी कमिटीका सदस्यहरुले वैठकको माग गर्दै आए पनि वैठक हुन सकेको थिएन ।

आज पार्टी मुख्यालय धुम्बाराहीमा प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठक दुई घण्टा चलेर स्थगित भएको छ । वैठक भोली (सोमबार) ११ बजे फेरि बस्ने जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थित भने थिएन ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको उपस्थितिमा बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने पाँच एजेण्डा तय गरेको थियो ।

सचिवालय वैठकले प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल(भारत सीमा विवाद, विधान संशोधन र विविध एजेन्डा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...