नेकपाको स्थायी समिति बैठक, वामदेव गौतम उपाध्यक्ष, सुवास नेम्वाङ सभामुख



हाम्रो इकोनोमि

 

 

नेता वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्तुत गर्ने गरी विधान संशोधन प्रस्ताव, केन्द्रीय विभागहरूको पूर्णता र पोलिटब्युरो गठन, सचिवालयले अहिलेसम्म गरेका निर्णयहरूको अनुमोदन, केन्द्रीय कमिटी बैठकको मितिलगायतका विषयलाई एजेन्डा बनाउने गरी ओली र प्रचण्डले गृहकार्य गर्नुभएको हो । आजै बस्ने सचिवालय बैठकले स्थायी समिति बैठकको एजेन्डालाई अन्तिम रूप दिनेछ । २६ र २७ मंसिरमा बोलाइएको सचिवालय बैठक आवश्यक तयारी पूरा नभएको भन्दै स्थगित भएको थियो ।

 

संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन दुई अध्यक्ष ओली र दाहाल सहमत भइसकेका छन् । पूर्वसंविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ संसदीय अभ्यासमा नेकपाभित्रका शक्तिशाली नेता हुन् । उनलाई सभामुख बनाउन दुई अध्यक्षबीच सहमति भएपनि नेकपाभित्र भने सहमति जुट्न सकेको छैन ।

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एक वर्षपछि आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टीको कामलाई गति दिन आज स्थायी समिति बैठक बोलाउनु भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षले बैठकको तयारीका लागि आवश्यक गृहकार्य पूरा गर्नुभएको छ ।

 

बैठकका एजेन्डा बारेमा ओली र प्रचण्डले शनिबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गर्नुभएको थियो । राजनीतिक तथा सांगठनिक प्रतिवेदन अध्यक्ष प्रचण्डले तयार गर्नुभएको छ । प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, वर्तमान राजनीतिक परिस्थिति, उपनिर्वाचनको समीक्षा, सरकारको काम, पार्टी संगठन परिचालनलगायतका समसामायिक विषय समेटिएको छ ।

 

१५१ सदस्यीय उपत्यका विशेष प्रदेश प्रस्ताव

नेकपाले एक सय ५१ सदस्यीय उपत्यका विशेष प्रदेश कमिटी गठन गर्ने भएको छ । साबिक एमालेबाट ८५ तथा माओवादीबाट ६६ जना रहने गरी विशेष प्रदेशका अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेले महासचिव विष्णु पौडेललाई नामावली बुझाउनुभएको छ । सचिवालयले अनुमोदन गरेलगत्तै उपत्यका प्रदेश कमिटी गठन हुनेछ । उपत्यका विशेष प्रदेश इन्चार्ज लिलामणि पोखरेल तथा सहइन्चार्ज अरुण नेपाल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...