सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको निधन, ३० भन्दा बढी घाइते



हाम्रो इकोनोमि

 

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ४ जनाको निधन भएको छ । ३० भन्दा बढी घाइते भएका छन ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

सिन्धुपाल्चोकमा कार्यरत नेपाल प्रहरीका इन्स्पेक्सटर गणेश खनालले दुर्घटनाको पुष्टि गर्दै ४ जनाको ज्यान गइसकेको र कैयन हताहत रहेको बताए ।

‘दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ’, खनालले भने, ‘कैयन यात्रु हताहत भएकाले क्षतिको यकिन विवरण संकलन भइसकेको छैन ।’

खनालका अनुसार कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

    ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ...

प्रदेश मन्त्रीलाई थुन्ने, मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीको चेतावनी

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय...

संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...