चार श्रीमानको एक मात्र श्रीमती, गाउँमा हरेक दाजुभाइको एउटै श्रीमती



 

हुम्लाको एउटा गाउँमा प्रायः घरमा दुईदेखि चार, पाँच जना श्रीमान छन् । उनीहरू सबैको एउटै साझा श्रीमती छन् । ती एक मात्र श्रीमतीले आफ्नै सबै संयुक्त श्रीमानलाई खुसी राख्नुपर्छ । ती श्रीमान्लाई सम्बन्धका लागि पनि श्रीमतीले रोलक्रम तोक्ने गरेकी छन् । संयुक्त श्रीमतीले तोकेको रोजक्रमप्रति श्रीमान् सहमत छन् ।

 

चार श्रीमानको एक मात्र श्रीमती छिन् । गाउँमा हरेक परिवारको दाजुभाइले एउटै साझा श्रीमती विवाह गरेका छन् । तापनि सबै दाजुभाइ एउटै श्रीमतीबाट खुसी छन् । नयाँ पुस्ताका भाइले दाइकै श्रीमतीलाई आफूले श्रीमती मान्नुपर्दा केही असन्तुष्टि जनाए पनि परम्परा बचाउनुपर्ने बाध्यता र दाइहरूको दबाबका कारण उनीहरूले अर्को महिलासँग विवाह गर्न सकेका छैनन् । जसका कारण सबै दाजुभाइले एउटै श्रीमतीलाई साझा श्रीमती बनाउनुपरेको छ ।

 

बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’को यथार्थ कथा हो यो । पत्रकार एवं निर्देशक गणेश पाण्डेले निर्माण गरेको वृत्तचित्र सहायक श्रीमान्को कथा निकै रोचकसँगै पीडादाई पनि छ ।

 

यसअघि निकै चर्चामा रहेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ पछि निर्देशक पाण्डेले अर्को नयाँ वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) यतिबेला निर्माण गरेका छन् । संयुक्त पत्नीलाई केहीले समर्थन गरेका छन् भने केहीले विरोध गरेर अर्को विवाह गरेको प्रसंग पनि निर्देशकले यो वृत्तचित्रमा समेटेका छन् ।

 

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

 

हुम्लाको लामा समुदायमा विद्यमान बहुपति प्रथालाई निर्देशक पाण्डेले वृत्तचित्रका रूपमा सहायक श्रीमान् निर्माण गरेका हुन् । यो वृत्तचित्र ३५ मिनेटको छ । काठमाडौंकोमा बुधबारबाट सुरु भएको १७औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा वृत्तचित्र सहायक श्रीमान् चयन भएको छ ।

 

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी यो महोत्सवमा निर्देशक पाण्डेको वृत्तचित्रलाई  प्रदर्शन गरिँदै छ । महोत्सवमा यो वृत्तचित्र प्रतिस्पर्धामूलक समूहमा छानिएको हो ।

 

कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ, ‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरू माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् ।’ जुन हाम्रो पुस्ताका लागि अत्यन्तै अनौठो लाग्ने भएकाले आफूले यो यथार्थलाई वृत्तचित्रका रूपमा उतारेको निर्देशक पाण्डेले बताए ।,

 

‘एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीनवटा परिवारको कथामा हामीले यो डकुमेन्ट्री निर्माण गरेका छौं,’ निर्देशक पाण्डेले  भने, ‘करिब चार वर्षको छायांकन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको छ । हाम्रो पुस्ताका लागि यो डकुमेन्ट्री नयाँ विषय भएकाले हाम्रो मिहिनेतलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु ।’ यो वृत्तचित्रको लेखन पनि आफैंले गरेको निर्देशन पाण्डेले बताए ।

 

यो वृत्तचित्रको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला, सहायक निर्देशक नृपराज हमाल छन् । वृत्तचित्रलाई ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले संयुक्त रूपमा खिचेका हुन् । जसमा संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् । साइन मिडिया प्रालिका लागि यो वृत्तचित्र शारदा गैरेले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्