नेपाल सबै जाति र समुदायको साझा फूलबारी हो, उधौली पर्वको शुभकामना : राष्ट्रपति भण्डारी



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् ।

‘नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ, उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन्’, राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले उधौलीजस्ता चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गुरेकी छन् । ‘प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...