कतार रंगशाला निर्माणमा १२ सय नेपालीको निधन, लिभरपुलद्वारा छानविनको माग



हाम्रो इकोनोमि

 

विवादका बीच सन् २०२२ को विश्वकप फुटबल कतारमा हुँदैछ । विश्वकपका लागि कतारले केहि वर्षदेखि रंगशाला निर्माण गरिरहेको छ । तर कतारको रंगशाला निर्माणमा खटिएका सयौं नेपालसहित विभिन्न देशका आप्रवासीको निधन भएमा विश्वभरी विरो हुँदै आएको छ । यस घटनामाथि अनुसन्धान हुर्न वेलायती फुटबल क्लब लिभरपुलले माग गरेको छ।

आगामी हप्ताको बुधबार विश्वकप खेल्न लिभरपुल क्लब कतार जाँदैछ। दि गार्डियनका अनुसार त्यसअघि लिभरपुलका प्रमुख कार्यकारी पिटर मुरेले यस घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिए ।

विश्वकपका २०२२ लागि रंगशाला निर्माणका क्रममा आप्रवासी कामदारमाथि ज्यादती भएको आरोपहरु कतारलाई लागेका छन्। कतारमा कामदारको पक्षमा वकालत गर्दै आएको मानवअधिकारवादी संस्था फेयर स्क्वायर ह्युमन राइट्स अर्गनाइजेसनले रंगशाला निर्माणमा खटेका कामदारको मृत्युको कारणबारे अनुसन्धानका लागि दबाब दिँदै आएको छ।

फेयर/स्क्वायर ह्युमन राइट्स अर्गनाइजेसनले एक पत्रमार्फत् लिभरपुल फुटबल क्लबलाई यस मुद्दामा साथ दिन आग्रह गरेको थियो । मुरेले उक्त संस्थाका निर्देशक निकोलास मकगिहान र जेम्स लिन्चलाई आफू सो संस्थाले उठाएको मुद्दाको साथमा रहने प्रतिवद्धता जनाएको थियो।

कतार विश्वकपको रंगशाला निर्माणमा खटेका आप्रवासी कामदारले चर्को घाममा काम गर्नुपर्दा उनीहरुको हृदयघात लगायतका कारण मृत्यु हुने गरेको गत जुलाईमा प्रकाशित एक प्रतिवेदनमा बताइएको थियो।

लिभरपुलका प्रमुख कार्यकारी मुरेले भनेका छन्, ‘हामी कामदारमाथि निष्पक्ष व्यवहार होस्, उनीहरुलाई आदर गरियोस् भन्ने चाहन्छौं। हामी दासताविरुद्धको नीतिलाई सम्मान गर्छौं।’

केही समयअघि जर्मन ब्रोडकास्टर डब्लूडीआरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २००९ देखि २०१९ सम्ममा नेपालको मात्र १२ सय २६ कामदार रंगशाला निर्माणका क्रममा मरेका छन्।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...