कतार रंगशाला निर्माणमा १२ सय नेपालीको निधन, लिभरपुलद्वारा छानविनको माग



हाम्रो इकोनोमि

 

विवादका बीच सन् २०२२ को विश्वकप फुटबल कतारमा हुँदैछ । विश्वकपका लागि कतारले केहि वर्षदेखि रंगशाला निर्माण गरिरहेको छ । तर कतारको रंगशाला निर्माणमा खटिएका सयौं नेपालसहित विभिन्न देशका आप्रवासीको निधन भएमा विश्वभरी विरो हुँदै आएको छ । यस घटनामाथि अनुसन्धान हुर्न वेलायती फुटबल क्लब लिभरपुलले माग गरेको छ।

आगामी हप्ताको बुधबार विश्वकप खेल्न लिभरपुल क्लब कतार जाँदैछ। दि गार्डियनका अनुसार त्यसअघि लिभरपुलका प्रमुख कार्यकारी पिटर मुरेले यस घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिए ।

विश्वकपका २०२२ लागि रंगशाला निर्माणका क्रममा आप्रवासी कामदारमाथि ज्यादती भएको आरोपहरु कतारलाई लागेका छन्। कतारमा कामदारको पक्षमा वकालत गर्दै आएको मानवअधिकारवादी संस्था फेयर स्क्वायर ह्युमन राइट्स अर्गनाइजेसनले रंगशाला निर्माणमा खटेका कामदारको मृत्युको कारणबारे अनुसन्धानका लागि दबाब दिँदै आएको छ।

फेयर/स्क्वायर ह्युमन राइट्स अर्गनाइजेसनले एक पत्रमार्फत् लिभरपुल फुटबल क्लबलाई यस मुद्दामा साथ दिन आग्रह गरेको थियो । मुरेले उक्त संस्थाका निर्देशक निकोलास मकगिहान र जेम्स लिन्चलाई आफू सो संस्थाले उठाएको मुद्दाको साथमा रहने प्रतिवद्धता जनाएको थियो।

कतार विश्वकपको रंगशाला निर्माणमा खटेका आप्रवासी कामदारले चर्को घाममा काम गर्नुपर्दा उनीहरुको हृदयघात लगायतका कारण मृत्यु हुने गरेको गत जुलाईमा प्रकाशित एक प्रतिवेदनमा बताइएको थियो।

लिभरपुलका प्रमुख कार्यकारी मुरेले भनेका छन्, ‘हामी कामदारमाथि निष्पक्ष व्यवहार होस्, उनीहरुलाई आदर गरियोस् भन्ने चाहन्छौं। हामी दासताविरुद्धको नीतिलाई सम्मान गर्छौं।’

केही समयअघि जर्मन ब्रोडकास्टर डब्लूडीआरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २००९ देखि २०१९ सम्ममा नेपालको मात्र १२ सय २६ कामदार रंगशाला निर्माणका क्रममा मरेका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...