मुग्लिन नारायणगढ सडक दुई हप्तासम्म बन्द हुने



हाम्रो इकोनोमि

 

नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने भएको छ । पहिरो रोकथामसम्बन्धी काम गर्नका लागि जिल्ला सुरक्षा समितिले मंसिर २७ गते शुक्रबारदेखि दुई सातासम्म दिउँसोको समयमा गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

वुधबार विहान बसेको सुरक्षा समितिको बैठकले २७ मंसिरदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्ने निर्णय गरेके हो । नारायणगढबाट जाने बसलाई १५ किलो बजारमा रोकिने छ भने, मालवाहक गाडीलाई दासढुंगामा रोकिनेछ ।

काठमाडौंबाट आउने यात्रुबाहक सवारी मुग्लिन बजारमा, पोखराबाट आउनेलाई बेनीटारमा रोकिने छ । यस्तै, पोखराबाट आउने मालवाहक सवारीलाई आबँुखैरहनीमा र काठमाडौंबाट आउनेलाई लेवाटारमा रोकिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

यसअघि अघिल्लो वर्ष ११ ठाउँमा आधुनिक शैलीको रक नेटिक र रक बोल्टिङ गरेर पहिरो रोक्ने प्रयास गरिएको थियो । १२ ठाउँमा बायोइन्जिनियरिङ गरिएको थियो । सूचना अधिकारी खनालका अनुसार ३६ किलोेमिटर लामो मुग्लिन नारायणगढ सडकखण्डमा यसपटक ८ स्थानमा पहिरो जोखिम नियन्त्रणको काम हुँदैछ ।

गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे मन्दिर छेउ, चारकिलो, टोपेखोला, कालीखोला क्षेत्रमा पहिरो रोकथामको काम गरिने सूचना अधिकारी खनालले जानकारी दिए । दुई सातामा पहाड काटिएका र पहिरोको जोखिम रहेका ठाउँका झर्न लागेका ढुंगा हटाउने र सुरक्षित गराउने काम गरिने खनालले बताए ।

त्यसपछि रक नेटिङ, रक बेल्डिङ र अन्य बायो इन्जिनियरिङका काम हुनेछ । गत बर्ष नै सडकखण्डमा पहिरो रोकथामको काम गर्ने भनिए पनि समयमा नै ठेक्का लाग्न नसक्दा काम अघि बढ्न सकेको थिएन । विश्व बैंकको ऋण सहयोगमा विस्तार गरिएको सडक डेडिकेटेड डबल लेनको छ ।

झण्डै १२ करोड रुपैयाँ लागतमा पहिरो रोकथामसम्बन्धी काम तीनवटा ठेकेदार कम्पनीको ज्वाइन्ट भेन्चरलाई दिइएको हो । यो सडक हुँदै दैनिक १० हजारको हाराहारीमा यात्रु बस, साना सवारी र समान बोकेका ट्रक ओहोरदोहोर गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...