सुवास नेम्वाङ सभामुख, उपसभामुखमा दुर्गा पौडेल निश्चित



हाम्रो इकोनोमि

 

सरकारको सिफारिसमा राष्ट्रिपति बिद्यादेवी भण्डारीले संसदको बैठक आह्वान गरेपछि सभामुख र उपसभामुखको बिषयले फेरी चर्चा पाएको छ । प्रमुख सत्तारुढ दलका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा सहमति भएपनि नेकपाभित्र भने सहमति हुन सकेको छैन ।

संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन दुई अध्यक्ष ओली र दाहाल सहमत भइसकेका छन् । पूर्वसंविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ संसदीय अभ्यासमा नेकपाभित्रका शक्तिशाली नेता हुन् । उनलाई सभामुख बनाउन दुई अध्यक्षबीच सहमति भएपनि नेकपाभित्र भने सहमति जुट्न सकेको छैन ।

सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल सभामुख पद पूर्वमाओवादीको बन्डा भएको दावी गरिरहेका छन् । पूर्वमाओवादीका नेताहरु राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन पद पूर्वएमालेलाई दिन नहुँने पक्षमा छन् । पूर्वमाओवादी इतरका केही नेताहरुले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने जोड गरिरहेका छन् ।

अग्नीप्रसाद सापकोटा र देव गुरुङ मध्ये एकलाई सभामुख दिनुपर्ने उनीहरुको दावी छ । पूर्वमाओवादीका केही नेताले तीन वटै शक्तिशाली पद पूर्वएमालेलाई नदिन प्रचण्डलाई दवाव दिइरहेका छन् । तर प्रचण्डले प्रधानमन्त्री ओलीसँग नेम्वाङलाई सभामुख बनाउने सहमति जनाइसकेका छन् ।

पूर्वमाओवादीको तर्कलाई पूर्वएमालेका केही नेताले भने प्रतिवाद गरेका छन् । पार्टी एकतापछि पनि पूर्व एमाले र पूर्वमाओवादी भन्न नमिल्ने तर्क गरेका छन् । उता उपसभामुख शिवमाया तुम्वाहाम्फेले भने राष्ट्रपतिबाट आफ्नो दवाव बढाइरहेकी छिन् । ‘के कति कारणले म सभामुखका लागि योग्य छैन ?’ भन्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रश्न गरिरहेको स्रोतले बताएको छ । महिला नेत्री बिन्दा पाण्डेहरु पनि शिवमायालाई नै सभामुख बनाउनु पर्ने पक्षमा छन् ।

राष्ट्रपतिले तुम्बाहाम्फेलाई मन्त्रीको प्रस्ताव गरेकी थिइन । बिन्दा पाण्डेसँगै सितल निवास पुगेका बेला राष्ट्रपतिले उपसभामुख छोड्न र मन्त्री पद समाल्न आग्रह गरेकी थिइन । तर राष्ट्रपतिको प्रस्तावलाई तुम्वाहाम्फेले अस्वीकार गरेको स्रोतले बताएको छ ।

सभामुख र उपसभामुख एउटै पार्टी, एउटै लिङबाट हुन नपाउने संबैधानिक जटिलताका कारण नेकपाभित्र समस्या पैदा भएको छ । उपसभामुख पद कांग्रेसले ताकेपनि नेकपा भने उपसभामुख पद जनमोर्चाकी सांसद दुर्गा पौडेललाई बनाउने पक्षमा छ । नेकपा दुई अध्यक्षले पौडेललाई उपसभामुख बनाउने आश्वासन पनि दिइसकेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...