अमेरिकाको न्युजर्सी शहरमा गोली चल्यो, प्रहरी सहित ६ जना मारिए



हाम्रो इकोनोमि

 

अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् ।

जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको थियो ।

गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ । तर अधिकारीहरुले भने यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन् ।

स्थानीयबासीका अनुसार गोलीबारीको सुरुआत एक पसलबाट भएको थियो, जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए ।

मारिने प्रहरीमा ३९ वर्षीय जोसेफ सिल्स छन् । उनी १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा थिए ।

जर्सी प्रहरीका प्रमुख माइक केलीले भनेका छन् जोसेफले सडकलाई हतियार मुक्त बनाउन अहम् भूमिका खेलेका थिए ।

केलीका अनुसार स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थाल्यो । त्यसपछि जोसेफले ती बन्दुकधारीलाई पक्रने कोसिस गरेका थिए, त्यहीबेला उनी मारिए ।

दुई जना संदिग्ध व्यक्तिले गोली चलाएका थिए । जोसेफको हत्यापछि ती दुवै ट्रकमा चढेर भागे र नजिकैको एक सुपरमार्केटमा लुके । उनीहरुले सुपरमार्केटभित्रबाट पनि प्रहरीमाथि गोली चलाइरहे । उनीहरुले पसलभित्रका तीन जना व्यक्तिको पनि हत्या गरे ।

त्यसपछि विशेष प्रहरी दस्तालाई बोलाइयो र ती आक्रमणकारी पनि मारिए । प्रहरीका अनुसार आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने सयकडौं राउण्ड गोलीहरु बरामद भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...