पशुपतिनाथको दर्शन गर्दै आज मङ्सिर २५ गते बुधबारको राशिफल पढौँ, भेटी स्वरुप एक शेयर गर्रौ



हाम्रो इकोनोमि

 

श्रीशाके १९४१ नेपाल सं. ११४० हेमन्त ऋतु परिधावी नामक संवत्सर वि.सं. २०७६ मंसिर २५ गते तद्अनुसार सन् २०१९ दिसेम्बर ११ तारिख बुधबार मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी तिथि १०ः५४ पर पूर्णिमा तिथि रोहिणी नक्षत्र शिव योग वणि करण १०ः५४ पर बब करण आनन्दादिमा शुभ योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । पूर्णिमा व्रत ।

 

मेष राशि – प्रेम पथमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । नयाँ ऊर्जा वृद्धि होला । मनोकूलको कार्य बनेर मन प्रसन्न हुनेछ । शुभ र भाग्यवर्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रा होला । धर्मकर्ममा आकर्षण होला । सुख आनन्द बढ्नेछ । विद्या बुद्धि बढ्ला । कला, साहित्य, बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र सन्तति सुख बढ्नेछ । गीत–संगीतमा रुचि बढ्ला । ख्याति फैलिनेछ ।

 

बृष राशि – लगानी र खर्च बढेको अनुभूति होला । भागदौड चलिरहला । जोखिममा नपर्नु उचित होला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ यद्यपि आज बढि नै मिहीनेत गर्नुपर्ला । हासविलासमा रुची बढ्नेछ । सामानहरु नहराओस् भनेर ध्यान राख्नुपर्ला ।

 

मिथुन राशि – नयाँ सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । धनसम्पत्तिमा वृद्धि होला । आर्थिक काम बन्नेछ । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आँट उत्साह बढ्नेछ । सुख सम्पति बढ्ला । यात्रामा सफलता मिल्ला । ऐश्वर्य वृद्धि हुनेछ । हांसविलासमा रुचि बढ्नेछ । जीवनसाथीको सहयोग मिल्ला । आफन्तको साथ भेट्ला । नयाँ नयाँ सम्पर्क बढ्नेछ ।

 

कर्कट राशि – पारिवारिक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । उच्च अधिकारीको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । धन मान सुख सम्पति बढ्नेछ । वार्तामा सफल हुनुहुनेछ । सभासमारोहमा भाग लिनुहुनेछ । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । रोकिएको काम बन्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

 

सिंह राशि – ख्याति फैलिनेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । महत्व बढ्नेछ र कारोवार पनि फैलिने छ । ग्रहगोचर शुभ र भाग्यबर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्दक वृद्धि होला । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । इष्टमित्रको सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नुको साथै सन्तान सुख पनि भेट्नेछ ।

 

कन्या राशि – स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । भागदौड चलिरहला । बाटोघाटो काट्दा होस् पुर्याउनु पर्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । नियम कानुनलाई ध्यानमा राख्नुपर्ला । हांसविलासमा रुचि बढ्ला । खर्च बढ्नेछ । अरुको भर पड्नु र लापर्वाही गर्नु उचित हुने छैन । विवाद आदिमा पर्नु र जोखिमपूर्ण काममा लाग्नु उचित हुनेछैन ।

 

तुला राशि – नयाँ काम गर्नमा रुची बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । विलासमा रुचि बढ्नेछ । समय लाभदायक र उन्नतिबर्द्धक रहनेछ । आरोग्यता बढ्ला । जीवनसाथीको साथ मिल्ला । धनसम्पत्ति वृद्धि होला । रोकिएको काम बन्नुको साथै उधारो लगाइएको धन उठ्नेछ । आफन्तको सुख मिल्नेछ । इच्छा पूरा होला । यात्रामा सफलता प्राप्त होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । ऐश्वर्य बढ्नुको साथै विजय पनि मिल्नेछ ।

 

वृश्चिक राशि – आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो बन्ने छ । वार्तामा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त होला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । यश बर्चश्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । मनोकूलको कार्य बन्नेछ । वार्तामा सफलता पाउनु हुनेछ । धन मान बढ्ला । आंट साहस वृद्धि हुनेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । विजयश्री प्राप्त होला ।

 

धनु राशि – आफन्तको साथ मिल्नेछ । सुख आनन्द बढ्ला । कला साहित्यिक गीत–संगीत बौद्धिक र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । शारीरिक र आर्थिक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको लागि अनुकूल रहनेछ । शुभ र भाग्यबर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । प्रेमको क्षेत्रमा प्रगति हुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।

 

मकर राशि – खर्च बढ्नेछ । भागदौड बढ्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । मान सम्मानको प्रति सचेत रहनुपर्नेछ । मिठो भोजन खान पाउनुहुनेछ, तर पाचनतन्त्रप्रति विचार पुर्याउनु पर्नेछ । कार्य क्षेत्रमा लापर्वाही नगर्नु बेस होला । समस्यामाथि सफलता प्राप्त होला । यात्रामा लापर्वाही नगर्नु उचित होला । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

 

कुम्भ राशि – ऋण रोग र शत्रुसित लडने प्रतिरोधात्मक क्षमता वृद्धि होला । आयात निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखनप्रकाशन कार्य कला र रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । आय वृद्धि होला । रोकिएको धन उठ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । साथीभाइको सहयोग मिल्नेछ । उत्साह बढ्नेछ ।

 

मीन राशि – प्रयासरत काममा सफलता मिल्नेछ । मान महत्व प्राप्त हुनेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक सुख शान्ति बढ्नेछ । सन्तान सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागमा बढोत्तरी हुनेछ । रोकिएको काम बन्नेछ । आर्थिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ । सुख–सुविधाको बस्तु बढ्नेछ । हाँसविलासमा पनि रुची रहनेछ । खेलकुद भ्रमणमा पनि आकर्षण रहनेछ । घरेलु समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...