सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री गर्न नपाइने



हाम्रो इकोनोमि

 

 

धुलिखेल नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण निषेध गर्ने अभियान सुरु गरेको छ । ययक्रममा नगरपालिकाले बजार अनुगमन कार्य समेत सुरुआत गरेको छ ।

नगरपालिकाका उपप्रमुख विमला शर्माको नेतृत्वको टोलीले वडा नं ११ पात्लेखेत र वडा नं ७  सञ्जीवनी बजारका विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलको सोमबार अनुगमन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण लिएको नगरपालिकाले जनाएको छ ।

चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ । वडा नं ११ का किराना पसल सञ्चालक गीता खत्रीले अनुगमनको क्रममा फेला पारेका चुरोट र सुर्तीजन्य पदार्थ नियन्त्रण नगरी सचेत गराई रोक लगाउनुपर्ने बताए ।

व्यवसायि भरतकुमार धितालले अनुगमनको क्रममा पहिलोपटक सचेत मात्रै गराएर फेला पारेका सुर्तीजन्य सामग्री फिर्ता हुनुपर्ने माग गर्नुभयो । अनुगमन टोलीका नगर शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले सुर्तीजन्य पदार्थ  सामग्रीको प्रयोगले स साना विद्यार्थीमा लत बस्ने, भविष्यमा गम्भीर असर पार्ने  हुँदा  विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको बताए ।

सो क्रममा टोलीले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दामुनिका बालबालिकालाई विक्री वितरण नगर्न निर्देशन समेत दिएको छ । नगर उपप्रमुख  शर्मा नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्षहरु, नगरपालिकाका कर्मचारी र प्रहरी प्रशासनसहितको टोलीले करिब तीन दर्जन पसल तथा होटलको अनुगमन गरेको थियो  । नगर उपप्रमुख शर्माले स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यसक्रममा विद्यालय क्षेत्र वरपरको बजार अनुगमन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “अनुगमनका क्रममा हामीले विद्यालय र कलेज आसपासमा विद्यार्थीलाई लतमा पार्ने खालका सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले त्यस्तो वस्तुमा रोक लगाउन नगरपालिकाले अनुगमन शुरु गरेका हौँ ।”

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...