रुसका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने, यस्तो छ गोप्य तयारी



हाम्रो इकोनोमि

 

अहिले मुलुकका शक्तीशाली राष्ट्रका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने चर्चा चलिरहेको छ । केही समय अघिसम्म लो प्रोफाईलमा रहेको नेपाल अहिले विश्वमञ्चमा हाई प्रोफाईलका साथ अघि बढ्दैछ ।

केही समयअघि चीनका राष्ट्रपति सी जिनफिङले नेपाल भ्रमण गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराएको नेपालले त्यसको केही दिनमै बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण गराउन सफल भयो । यससँगै विदेशी अधिकारीहरु नेपाल आउने क्रम बढेको छ ।

यसले यो सरकारको अन्तर्राष्ट्रिय जगतमा उपस्थिति बलियो र प्रभावकारी बन्दै गएको पुष्टि गर्दछ । यसैबीच सरकारले अर्को शक्तिशाली राष्ट्र रुसका राष्ट्रपतिदेखि युरोपियन युनियनका सरकार प्रमुखहरु हुँदै भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने तयारी गरेको छ ।

केही समय अघिसम्म लो प्रोफाईलमा रहेको नेपालले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय तहमा संलग्नता, सहभागिता र सक्रियता देखाउन थालेको परिदृश्य उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकट भविष्यमा विभिन्न राष्ट्रका उच्च तहबाट नेपाल भ्रमण हुने कुरामा आशावादी रहेको बताए । केही समयअघि रुस भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको पनि बताएका छन् ।

छिमेकी देश चीनबाट त्यँहाका राष्ट्रपतिले नेपाल भ्रमण गर्न २३ वर्ष पर्खिनुप¥यो । नेपालका प्रधानमन्त्रीलाई बेलायत भ्रमणमा जान १८ वर्ष लाग्यो । त्यस्तै फ्रान्सको भ्रमणमा जान पनि नेपालका प्रधानमन्त्रीले १८ वर्ष कुर्नुप-यो ।

अमेरिकाका विदेशमन्त्रीसँग नेपालका परराष्ट्रमन्त्रीले भेट गर्न १७ वर्ष लाग्यो । ओली सरकार बनेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको अवस्था बदलिएको छ ।

अहिले परराष्ट्रमन्त्रालयले आगामी अप्रिलमा हुने सगरमाथा संवादमा रुसका राष्ट्रपतिदेखि क्यानडाका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री समेतलाई सहभागी गराउने गरी आवश्यक तयारीलाई तीव्रता दिएको छ ।

जलवायु परिवर्तनको विषयमा नेपाल सरकारले गर्न लागेको यो सगरमाथा संवादले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा प्रभावकारी ढंगले पहिचान दिलाउने विश्वास सरकारले लिएको छ । उच्च स्तरको यस कार्यक्रममा नेपालले १५ देशका प्रमुख र ४० देशका उच्चस्तरीय राजनीतिक अधिकारीलाई निमन्त्रणा दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । १५० भन्दा बढी विदेशी विज्ञ र ५० नेपाली विज्ञ सहभागी हुने जलवायु परिवर्तनसम्बन्धी एजेण्डामा सगरमाथा संवादमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...