बोरामा हालेर बच्चा चोर्दै गरेका दुई भारतीय पक्राउ



हाम्रो इकोनोमि

 

सप्तरीमा भारतीय चोरहरुको हातबाट आठ वर्षीया बालिका फुत्किन सफल भएकी छन्।

मोरङको डाडर बैरीया गाउँपालिका–५ का संजय शर्माकी छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको छ।
बच्चा चोर्न आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९ हनुमाननगर बजार रहेका मामा अमित शर्माको घरकाे आँगनमा खेलिरहेकी बालिकालाई चोरहरुले बोरामा हालेर साइकलमा लैजान लागेका थिए।

जुरबुवाको श्राद्धमा आएकी बालिकालाई चोरहरुले जवर्जस्ती उठाएर लग्न लागेको देखेपछि बालिकाकी हजुरआमा साबित्री देबी शर्माले हो–हल्ला गरेकी थिइन्।

प्रहरीले बालिका चोर भारत बिहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नं१८ बस्ने उमेश गोसाईको छोरा अंन्दाजी वर्ष २० को आनन्द कुमार गोसाई र सोही ग्राम–४ बैरियाघाट बस्ने नरेश झाको छोरा अन्दाजी वर्ष १८ को अनिल कुमार झालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट साईकल १ थान र पलाष्टीको ३ वटा बोरा समेत बरामद गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...